अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मानित गरेको छ ।
यहि मंसिर २८ गते सम्पन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लाबाट निर्वाचित भएकाहरुलाई संघले आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपालले नेपाल पत्रकार महा संघको सम्पन्न निर्वाचनमा विजय भएका पदाधिकारीलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बिरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले अहिके देशको आर्थिक अवस्था थिचिएको बेला सरकारले हाम्रो सुझावलाई समेत समेटेर अघि बढ्नु पर्ने बताएका छन । अहिले उद्योगहरु लोड सेडिङको मारमा पर्दै गएको छ । देश बिधुतमा आत्मनिर्भर भएपनी सरकारले उपयोग गर्न नसकेर लोड सेडिङको मार झेल्नु परेको बताएका छ ।
त्यस्तै उनले आउने दिनमा पत्रकारको वृत्ति विकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । हाम्रो पनि दुख बेतिथीलाई समाचार मार्फत सरकार समक्ष राखिदिनु हुन्छ भने अपेक्षा आफुले लिएको बताए ।
कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी तथा राष्ट्रिय पार्षद लालबाबु शेख , मधेस प्रदेश सचीव दिपक गौतम र पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश खनाललाई फुलमाला र अबिर लगाई सम्मान गर्नुभएको हो भने अन्य निर्वाचित पदाधिकारीहरुलाई संघका वरिष्ठ उपाध्यक्ष हरि पन्त तथा उपाध्यक्ष माधव राजपाल दुवैले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनमा निर्वाचित केन्द्रिय पार्षद लाल बाबू शेख ,बिजय कुशवाहा, राघव साह , महेश चन्द गौतम , केन्द्रिय सचिब अशोक तिवारी , मधेस प्रदेश सचिव दिपक गौतम , प्रदेश पार्षद शिव शंकर साह , दिपेन्द्र साह , भरत सरार्फ , अशोक श्रीवास्तव , ग्यासुमिया , पुस्प तिमिल्सिना , पर्सा शाखा उपाध्यक्ष (महिला) निलिमा पौडेल, सहसचिव एस. के. चौरसिया , सहसचिव अजय चौरसिया, सदस्यहरु प्रकाश तिवारी , अजित भुजेल , आरोहण शाह , सुभाष राम , राहुल गुप्ता , प्रमोद यादव लगायत सदस्यलाई फुलमाला र अबिर लगाई सम्मान गरिएको थियो ।
कार्यक्रम सन्चालन बिरगंज उद्योग बाणिज्य संघका सचिव आशिष लाठले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष हरि गौतमले गरेका थिए।