अन्तर विद्यालय फुटबल प्रतियोगिताको चौथो दिन लिटिल फ्लावर स्कुल र मुनलाईट माबि बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंज स्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज चौथो दिन संचालन भएको छ।

सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयकाको सहभागी रहेको छ । यो खेल १३ गते सम्म संचालन हुने छ।

उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल,मुन लाइट स्कुल,जीवन ज्योति,लिटिल फ्लावर,मालिनी एकेडमी,मेरी गोल्ड स्कुल,काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका छन।

बुधबारको चौथो दिनको पहिलो खेल लिटिल फ्लावर स्कुल र साउथ जोन स्कुल बीच भएको थियोे।

उक्त खेलमा लिटिल फ्लावर स्कुलले साउथ जोन स्कुल लाई ४-३ को अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच लिटिल फ्लावर  स्कुलका जर्सी नम्बर ९ का सेबियो घल्ले घोषित भएका थिए।

त्यसैगरि आजको दोस्रो खेलमा मुनलाईट स्कुल र मालिनी स्कुल बीच भएको थियोे।

उक्त खेलमा मुनलाईट स्कुलले मालिनी स्कुललाई१८-१ को फराकिलो अन्तरले पराजित गरेको छ।उक्त खेलको म्यान अफ दि म्याच मुनलाईटका जर्सी नम्बर ९ का सुरेश मुखिया घोषित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...