एल. डब्लु .ई ईभेन्ट एन्ड मेनेजमेन्ट बिरगंजको आयोजनामा पर्सा युथ फेस्ट -२०८१ प्रतियोगिता सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।एल.डब्लु.ई इभेन्ट एण्ड म्यानेजमेन्ट बिरगंजको आयोजनामा पर्सा युथ फेस्ट-२०८१ प्रतियोगिता भव्यताका साथ सोमबार सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको अन्तर विद्यालय प्रतियोगिता ज्ञान्दा एकाडेमी स्कूलको सभाहलमा सम्पन्न भएको थियो । विद्यार्थीहरूको क्षमता अभिवृद्धिका साथै गायन, नृत्य र बहस जस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि उनीहरूको विकास होस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको एल.डब्लु.ई इभेन्ट एण्ड म्यानेजमेन्टका प्रोग्राम कोडिनेटर आकाश चौहानले जानकारी दिनुभयो ।

तिन दिनसम्म चलेको विभिन्न प्रतियोगिताहरूमा नृत्य तर्फ नेपाल कावेरी एकाडेमी स्कूलले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अल्पाइन सेकेण्डरी स्कूल दोस्रो, मुनलाइट सेकेण्डरी स्कूल तेस्रो स्थान हासिल गरेको छ।

यसैगरी पोयट्री तर्फ नेपाल कावेरी एकाडेमी स्कूल प्रथम,ज्ञान्दा एकाडेमी स्कूल दोस्रो र ब्राइट पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा बुद्धिचाल (चेस) खेल तर्फ नेशनल इन्फोटेक कलेज प्रथम,मुनलाइट माध्यमिक विद्यालय दोस्रो र अल्पाइन सेकेण्डरी स्कूल तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । यसैगरी क्विज (सामान्य ज्ञान) मा साउथजोन माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ माध्यमिक विद्यालय दोस्रो र ज्ञान्दा एकाडेमी स्कूल तेस्रो स्थान प्राप्त गरेको छ । यसैगरी वादविवाद प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालय प्रथम, अल्पाइन सेकेण्डरी स्कूल दोस्रो र माइस्थान विद्यापीठ तेस्रो भएको छ ।

प्रतियोगिता अन्तर्गत साइन्स प्रोजेक्टमा नेशनल इन्फोटेक कलेज प्रथम, माइस्थान विद्यापीठ दोस्रो र नेपाल कावेरी एकाडेमी स्कूल तेस्रो भएको छ। यसैगरी गायन तर्फ साउथजोन माध्यमिक विद्यालय प्रथम, नेशनल इन्फोटेक कलेज दोस्रो र ज्ञान्दा एकाडेमी तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिल्ड, मेडल र प्रमाणपत्रले सम्मानित गर्नुभएको थियो ।

 साथै प्रतियोगिताको स्कूल अफ दी इयरमा नेशनल इन्फोटेक कलेज प्रथम र नेपाल कावेरी एकाडेमी स्कूल दोस्रो स्थान हासिल भएको छ। प्रथम भएको नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरुलाई त्रीसला फेमिली रेस्टुरेन्ट होटलमा ३० प्रतिशत र दोस्रो भएको कावेरी एकाडेमी स्कूललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक संस्थाका आकाश चौहानले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरु नै आफ्नो ठूलो शक्ति रहेको बताए । उनले यस कार्यक्रमले विद्यार्थीहरुमा नयाँ प्रतिभाको विकास भएको देखेर आफू पनि धेरै गौराणभिक भएको र आफ्नो नेतृत्वको महानगरले शिक्षामा धेरै सुधार भएको र त्यसको नतिजा पनि आउन शुरू भइसकेको हुनाले एक चोटी सरकारी विद्यालयमा पनि गएर अनुगमन गर्न सबैलाई आग्रह गरे ।

प्रतियोगितामा तुलास इन्सिच्युट देहरादूनले एजुकेसन पार्टनरको रूपमा सहयोग गरेको थियो भने सह आयोजक अंकुश दैनिक रहेको थियो । यस्तै प्रतियोगितामा सहयोग गरेका विभिन्न संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस पार्टीका क्षेत्रीय सभापति अरविन्द गुप्ता,युवा नेता तबरेज अहमद,नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल,मोहित ग्रुपका डाइरेक्टर डा. सुबोध गुप्ता,वीरगन्ज महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रितेश गुप्ता, र महानगरपालिका वडा नं १० का वडा अध्यक्ष सुशिल कानु,नेपाली कांग्रेस पार्टीका यूवा नेता कञ्चन झा,राष्ट्रिय समाचार समितिका प्रमुख हिमाल लम्साल, सिटी डान्स एकाडेमीका सञ्चालक तथा सञ्चारकर्मी राजन रौनियार, सञ्चारकर्मी बिमला गुप्ता, विभिन्न स्कूल ,कलेजका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको सहभागीता रहेको थियो । सो कार्यक्रम एल.डब्लु.ई इभेन्टका सञ्चालक विकास चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चारकर्मी आनन्द पटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...