अजित कुमार भुजेल , बिरगंज । मधेशी पत्रकार समाज पर्सा जिल्लाको बैठक आज सम्पन्न भएको छ। आजको बैठकले दुई वटा प्रस्तावमा छलफल गरी निर्णय समेत गरेको छ ।
पहिलो निर्णय अनुसार नया सदस्यता सम्बन्धमा यहि पौष १५ गते पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र बुझाउने र अर्को निर्णयबाट हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ काठमांडू शाखाको चुनावमा एसोसिएट तसश्य पदमा निवार्चित भएका मधेशी पत्रकार समाज पर्साका कोषाध्यक्ष धीरेन्द्र तिवारीलाई सम्मान ग़रीएको मनोज कुमार मिश्रले जानकारी दिनुभयो।
मधेशी पत्रकार समाज पर्सा जिल्लाको अध्यक्ष रामजी प्रसाद यादवको अध्यक्षता मा बसेको बैठकमा प्रदेश उपाध्यक्ष मनोज कुमार मिश्र, प्रदेश सदस्य श्याम गुप्ता लगायतको सहभागिता रहेको थियो।