अजित कुमार भुजेल , बिरगंज । बहुदरमाई गाउँपालिका स्थित रामनगरी गाउँमा आज शनिबारको दिन लायन्स क्लब अफ बीरगंज संस्कृति गोल्ड र लियो अल्फा क्लब अफ बीरगंज संस्कृति गोल्ड एवम् लायन्स क्लब अफ बीरगंज मेट्राे सिटि तिनै जनाको संयुक्त आयोजनामा कम्बल,टोपी र मोजा बितरण कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा ४० घरपरिवारको लागी चालीस थान कम्बल, चालीस थान गरम टोपी, चालीस थान मोजा बितरण गरिएको थियोे।
अध्यक्ष एम जे एफ लायन अशोक बेरीवाल र अध्यक्ष लायन रितिका जायसवाल, लियो अध्यक्ष रौनक जायसवाल तथा प्रमुख अतिथि वार्ड नम्बर ८ का अध्यक्ष पुन्नी लाल साहको गरिमामय उपस्तिथिमा सम्पन्न भएको थियो भने सो कार्यक्रममा लायन प्रदीप अग्रवाल, ला ॐ मित्तल, ला सुशील साह,सचिव ला उमेश गुप्ता,ला पवन मित्तल, ला नवल भंगर, ला पियूष दारुका, ला प्रिया सिंह, ला सोनी अग्रवाल, ला रीना जायसवाल, ला खुशबु अग्रवाल लगाएतकाहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा ४० घर परिवारको मान्छेहरु दिन दुखी गरिब असहायहरुलाई उक्त समान बितरण गरिएको लायन्स क्ल्बका आजिवन सदस्य लायन राधेश्याम खेतानले बताउनु भएको थियो। कार्यक्रममा बुद्धिजीवी, सज्जनवर्ग, गाउँका मानिस,समाजसेबि,सन्चारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।