९७ किलो लागु औंषध गाजा सहित दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । ९७ किलो लागू औषध गाँजा सहित २ जना मानिसलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल अगाडि रोड देखी पुर्व रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको निम्न वमोजिमको लागू औषध गाँजा बरामद गरी गरिएको जानकारी गराईएको छ।

उक्त ठाउमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा उक्त गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कालो ग्रे रंगको गाडी सहित ओसारपसार प्रयोग भएको एवम्  संलग्न रहेको २ जना मानिसहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जानकारी गराएका थिए।

नियन्त्रणमा लिईएको व्यक्तिहरू चालक जिल्ला चितवन राप्‍ती न.पा.वडा नं.०२ गडौली टोल बस्ने बर्ष ३५ को बिष्णु लामा,गाडीमा सवार जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२४ सिद्धार्थ टोल बस्ने बर्ष ४६ को टेक बहादुर गुरुङ रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...