मकवानपुरबाट लागु औंषध ओनेरेक्स सहित दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । लागू औषध सहित मकवानपुरबाट दुइ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी १९ वर्षका आर्यन अन्सारी र मकवानपुरको हेटौँडा
उपमहानगरपालिका वडा न.६ बस्ने २५ वर्षका निश्चल विश्वकर्मा रहेका छन् । उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडा–१५ रातोमाटे चेकप्वाइन्टबाट पक्राउ गरेको हो ।

प्रहरीले पूर्व पश्चिम लोकमार्गस्थित सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ६१ प् ७४९२ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट लागू औषध ओनेरेक्स एकसय एमएलको ५ बोतल फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागू औषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...