सामुदायिक सेवा केन्द्र छ्पकैया-२ र माइती नेपाल बिरगंजको सन्युक्त आयोजनामा लैङ्िगक हिंसा सम्बन्धि १६ दिने अभियान अन्तर्गतको आज समापन ।
अजित कुमार भुजेल ,बिरगंज । समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्िगक हिंसा सम्बन्धि घरेलुु हिंसा , दाईजो प्रथा तथा बालबिवाह सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ र माईती नेपाल बिरगंजको सन्युक्त आयोजना आज बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया स्थित श्री ताराचन्द किसनलाल आधारभुत बिधालयमा लैङ्िगक हिंसा सम्बन्धि घरेलुु हिंसा , दाईजो प्रथा तथा बालबिवाह सम्बन्धि भिडियो प्रोजेक्टरद्वारा सचेतना विद्यार्थीहरुलाई गराईएको थियो ।
सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वडा न.२ का वडा सदस्य बसिर मिया हजामको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक कर्ण बहादुर कार्की , वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , अब्दुल कैश , माइती नेपालका बिरेन्द्र गौतम , स्कुलका प्रधानाध्यापक लालबाबू प्रसाद चौरसीया, सहायक प्रधानाध्यापक राजन जोशी , शिक्षिका बिना कुमारी चौलागाईं , बबिता अधिकारी , सुनिता दाहाल , उषा चौहान ,सम्झना कुमारी साह , गुड्डि कुमारी , मन्जु कर्ण , शिक्षक रामबिश्वास साह , रेयाज डेवान , अब्दुल कलाम आलम , छ्पकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान दिपेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य स्कुलका सहायक प्रधानाध्यापक राजन कुमार जोशीले र कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्र छ्पकैयाका सदस्य अब्दुल कैशले गर्नु भएको थियो ।