रोटयार्क्ट क्लब अफ बिरगंज मेट्रोपोलिसले रिज्युम राईटिङ कार्यशाला सफलतापुर्वक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज। रोटर्याक्ट क्लब अफ बिरगंज मेट्रोपोलिसले आज बिपिसीको बी.आई.एम. बिल्डिङमा आयोजना गरेको रिज्युम राइटिङ कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा क्वेस्ट फार्मास्युटिकल्स प्रा. लि. का एचआर अफिसर विवेक कुमार चौबे प्रमुख प्रशिक्षकका रूपमा उपस्थित थिए। उनले सहभागीहरूलाई रिज्युम तयार पार्ने विधि, प्रासंगिक सामग्रीको छनोट, र प्रस्तुति कौशल सम्बन्धी ज्ञान प्रदान गरे। सहभागीहरूले कार्यशालालाई अत्यन्त उपयोगी र व्यावहारिक अनुभवका रूपमा लिएका छन्।

कार्यक्रममा क्लबका विभिन्न प्रतिनिधिहरू र विशेष अतिथिहरूको उपस्थिति थियो। प्रमुख सहभागीहरूमा क्लबका पूर्व अध्यक्ष रबिन श्रेष्ठ, अध्यक्ष उमेदवार रोहित गुप्ता, कोषाध्यक्ष रामबिनय यादव, सचिव आनन्द साह, आलोक ठाकुर, नकुल गुप्ता, अमित यादव, वीरगञ्ज पब्लिक कलेजका प्रमुख विनय श्रेष्ठ, र सहायक प्रमुख अरविन्द श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा बीबीए अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। क्लबका अध्यक्ष दिपु बर्णवालले युवाहरूको क्षमता अभिवृद्धि गर्न र उनीहरूको पेशागत विकासमा सहयोग पुर्‍याउन यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले आयोजना गरेको यो प्रयासले समाजमा सकारात्मक प्रभाव पार्ने छ भन्ने बिश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...