आध्यात्मिक कार्यक्रमबारे ईस्कोन बिरगंजद्वारा पत्रकार सम्मेलन

Date:

अजित कुमार भुजेल , बिरगंज । इस्कॉन बिरगंजले  “आफूलाई खोज्नुहोस” भन्ने शीर्षकमा एक महत्वपूर्ण आध्यात्मिक कार्यक्रमको घोषणा बिरगंज स्थित होटेल कुमु प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरि बताएका थिए।

सो  कार्यक्रम (२०२४ डिसेम्बर ६ ) मंसिर २१ गते शुक्रबारको दिन बिरगंजको टाउन हलमा आयोजना हुने जनाइएको छ। प्रत्येक शनिबार बिरगंज स्थित इस्कॉन वीरगंजले विभिन्न किसिमको धार्मिक तथा सान्स्कृत कार्यक्रमहरु संचालन हुन्छ र साथै हरेक शनिबार सत्सग एवं धार्मिक कार्यक्रम गरि सबै भक्तजनहरुलाई निशुल्कमा प्रसाद खुवाउने गरिन्छ भन्ने बताएका थिए।

सो टाउन हलमा हुने लागेको कार्यक्रमको लागत ४ लाख ५० हजार अनुमान गरिएको छ। सो कार्यक्रममा जानको लागि ४ प्रकारको टिकटको व्यवस्था गरिएको छ। भिआईपी टिकटको मुल्य रु. २५००,प्रीमियम टिकेटको मुल्य रु.१०००,गोल्ड टिकेटको मुल्य रु.५००, सिल्वर टिकेटको मुल्य रु.२५० तोकेको जनाएको छ। सो कार्यक्रम ४ घन्टा सम्म चल्ने  आयोजकले जनाएको छ।

सो पवित्र कार्यक्रमले सहभागीहरूलाई तीनजना विशिष्ट आध्यात्मिक विभूतिहरूको दिव्य ज्ञान र शिक्षाबाट प्रेरित गर्ने उद्देश्य राख्दछ भन्ने कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष आयुष गिरीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

सो कार्यक्रमका प्रमुख आध्यात्मिक विभूतिहरू एच. जी. रुपेश्वर गौर दास ,एच. जी. पात्री दास,एच. जी. अमोघ लिला दास रहेका छन।यो कार्यक्रम एक गहिरो आत्म-खोजको यात्रा हुनेछ, जसले विभिन्न पेशागत पृष्ठभूमिका सयौं सहभागीहरूलाई एक ठाउँमा ल्याउनेछ।

यी सम्मानित आध्यात्मिक विभूतिहरूको शिक्षाबाट सबैले व्यक्तिगत विकास र आध्यात्मिक उत्थानको अवसर प्राप्त गर्नेछन्। आफ्नो आत्म-खोजको यात्रामा सहभागी बनौं र आध्यात्मिक रूपान्तरणको दिशामा अघि बढौं।
इस्कॉन वीरगंज माईस्थान ३ नं. रोड गहवा चौकका अध्यक्ष मुक्तिपद गौरांग दासले बताएका थिए।

आयुष गिरी, कार्यक्रम व्यवस्थापन समितिका अध्यक्षको नेतृत्वमा, इस्कॉन वीरगंजले यो कार्यक्रमलाई सफल बनाउन विशेष तयारी गरेको छ। यस आध्यात्मिक भेलामा सबैलाई सहभागी हुन निमन्त्रणा समेत गरिएको थियोे।यो कार्यक्रम सफल बनाउन सबै बिरगंजवासीहरुलाई  सहभागिताका लागि इस्कोन वीरगञ्जमा सम्पर्क गर्न अनुरोध समेत गरेका थिए भने कार्यक्रम संचालन दिवेश मानवसेवाले गरेका थिए र ओम कुमार झाको पनि उपस्थिति रहेको थियो एवं विभिन्न मिडियाको संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...