“प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” भन्ने नारा सहित ९ औं बार्षिक जलसा सालाना समारोह सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सम्म ९ औं वार्षिक जलसा सालाना समारोह पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.५ प्रसौनी भाट्ठामा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गनमा अहमद संघ नेपालका अध्यक्ष मोइन अहमदको  अध्यक्षतामा जलासा सालाना आज सम्पन्न भयो ।

यस समारोहमा नेपालको विभिन्न जिल्लाहरुबाट अहमदिया समाज का सदस्यहरुलगायत यो संस्थाको पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै इ यस क्षेत्रको पुर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी  , पकहाँ मौनपुर गाउँपालिका का अध्यक्ष  सुरेश महतो, जसपा का नेता तवरेज अहमद, धर्मगुरु सिख समाजका हरमिद सिंह,ओम शान्तिका प्रवक्ता कुवेर कुमार, कृश्चचन समाजका प्रेम प्रसाद घिमिरे वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु, बुद्धिजिवीहरु र समाज सेवीहरुको पनि सहभागिता देखियो ।

यो समारोहमा आएका जन प्रतिनिधी र धर्मगुरुहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि गरिरहेको मानव सेवा र समाज सेवाका कार्यहरुलाई प्रशंसा गर्नुभयो । विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय हो भनेर महम्मद नसिम खान  ज्यूले भन्नुभयो । यस प्रकारको समारोह मानवता कायम गर्नको लागि यस प्रकारको कार्यक्रमको जरुरी छ भन्ने वक्ताहरुले जोड दिएका हुन ।

यसै गरि अहमदिया संघ नेपालद्वारा पर्साको विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विद्दयालयद्वारा निःशुल्क शिक्षा दिने कार्यलाई अमूल्य समाज सेवा हो भन्नेकुरो  । यस समारोहमा सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरो आ–आफ्नो विचार एउटै मन्चबाट साझा गर्नुभयो ।

यस समारोहको उद्देश्य वर्षमा कमसेकम केही दिन यस्तो सुनिश्चित गर्नु थियो कि सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर सृष्टालाई सम्झोस । यो त्यस्तो सम्मेलन हो जसमा मानविय आचार संहिताको रक्षागर्ने, राष्ट्रीय एकता अखण्डता एवं धार्मिक सहिष्णुताको बारेमा चर्चा गरिन्छ र जमाअतको नारा “प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” लाई समस्त संसारमा फैलाउनु प्रयास गरिन्छ भने श्री कमरुल होदा अन्सारी ज्यू राष्ट्रीय अध्यक्ष अहमदिया संघ नेपालले बताउनु भयो ।

अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत हो जसको राजनैतिक कुनै उद्देश्य छैन । यो जमाअत यसवेला विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिहरूलाई अल्लाह तआलाको उपासना को साथै एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । यस जमाअतलाई वर्तमानमा पाँचौं(खलीफा) आध्यात्मिक उत्तराधिकारी नेतृत्व हजरत मिर्जा मसरूर अहमद ले नेतृत्व प्रदान गरिरहनु भएको छ । धर्मको कुनै भेदभाव नगरिकन मानव जातिको सेवा गर्नु यस जमाअतको मूख्य कार्य हो । जमाअत अहमदियाले संसारमा धर्मको नाममा भइरहेको उपद्रवको तथा राजनितीको समर्थन गर्दैन । धर्मको अर्थ केवल अध्यात्मिकता तथा अल्लाह तआलाको प्रेम प्राप्त गर्नु हो । अहमदिया जमाअतले हिंसा, अन्याय र आतंकलाई समर्थन गर्दैन । कार्यक्रमको संचालन अहमदिया संघ नेपालका हासिम अहमदले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...