आत्मारक्षा तालिममा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिबिरको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छ । 

बिरगंजको आदर्शनगर रंगशालामा आत्मारक्षा तालिममा १ दिने प्राथमिक उपचार शिविरको आयोजना गरिएको थियो। आज बिरगंज आदर्शनगर रंगशाला परिसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंज बाट स्वंयसेवकहरु परिचालन गरिएको थियो।

सो कार्यक्रममा  १२ हजार भन्दा बढि छोरी तथा छात्राहरुलाई आत्माबल उच्च बनाउन आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रम रहेकोले उनिहरुको सुरक्षा सहजताका लागि उनिहरुलाई चोटपटक लागेको खण्डमा फस्ट एड उपचार प्राथमिक उपचार उपलब्ध गराउनको लागि नेपाल रेडक्रस बिरगंज शाखाका  स्वंयसेवकहरुलाई  परिचालन गरिएको थियोे।

आज बुधबारका दिन नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका मिना क्षेत्रि ,रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह , मुस्कान साह , मनिसा राउत , सौम्य मंडल लगायतकाहरुको उपस्थिति रहेको थियो।यो शिविरमा आज २ जना बहिनीहरु सामान्य घाइते भई उपचार गरिएको थियोे  भनी  नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...