रबि लामिछानेलाई फेरि म्याद थपे अनशन बस्ने चेतावनी

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आज रबि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने चेतावनी सहितको  ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ  ।

रास्वपा पर्साले आज बृहत र्याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो ।

रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा सान्केतिक रुपमा  रबि लामेछानेलाई निर्दोश हुँदा हुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराएको थियो ।   साथै  प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेर बहादुर देउवाको फोटोको  समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाब र घम्सा घम्सी समेतको बाताबरण बनेको थियो । 

जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा. नन्दन यादब ,  प्रदेश सदस्य पुरुषाेतम उपाध्याय , क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र ,फैयाद मिया ,पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए । 

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा  राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए ।  उनले भने अब देश र जनताले  रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको छ ।

कार्यक्रममा पुर्ब सभापति दिलिप कुर्मी , उपसन्योजक तुलशा अधिकारी ,प्रदेश सदस्य सुदिश प्रजापति ,सब्बु कंडेल शिक्षा बिभागका सोनालाल पटेल , पालिका सभापतिहरु माधब बस्नेत , उमेश गुप्ता ,प्रदिप पटेल र पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो भने कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...