जनता समाजवादि पार्टी नेपालद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित डाइमन्ड पार्टी  प्यालेसमा जनता समाजवादी पार्टी नेपालद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति पर्साद्वारा जनतासंग जसपा नेपाल आधारभुत संगठन निर्माण अभियानको क्रममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा  जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सो बृहत पार्टी प्रवेश कार्यक्रममा बिरगंज महानगरबाट युवा महिला तथा समाजसेवी एवम् जगरनाथपुर गाउँपालिका लगायत अन्य पालिका गरि पाँच सय भन्दा बढीले पार्टी प्रवेश गरेका थिए। भने प्रबेश गरेका सम्पूर्ण नव प्रवेशि हरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव , लालबाबु राउत, बालकिशोर यादव, सिंहासन साह कलवार, शशिकपुर मिया, सुधिर पाण्डे लगायत पार्टीका अन्य सम्मानित नेताहरुले टीका एवं  माला लगाई उनिहरुलाई पार्टी भित्र स्वागत गरेका थिए । सम्पूर्ण नव प्रवेशिहरुलाई जसपा नेपाल भित्र स्वागत गर्दै हार्दिक बधाई तथा शुभकामना समेत दिइएको थियो।

यस कार्यक्रममा जिल्ला सचीव ,जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारीकाहरु ,पार्टीको भातृ संगठन, युवा कमिटी, विद्यार्थी कमिटी, महिला कमिटी एवम्  महानगर कमिटीका लगायतकाको उपस्थिति रहेको थियो भने आजको कार्यक्रमको सहजीकरण युवा नेता रितेश बाबु गुप्ताले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...