होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तद्वारा बिरगंजको लिंकरोड स्थित गेटवे स्पाको उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज ।  बिरगंजको घण्टाघर लिंकरोड स्थित करिब १० लाखको लागतमा बिरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा आएको छ।

घण्टाघर देखि लिंकरोड तर्फ जाने बाटोमा दक्षिणपट्टि एसियन लाइफ इन्स्योरेन्स नजिककै रहेको भवनको दोस्रो तल्लामा सुविधा सम्पन्न बिरगंज ‘गेटवे स्पा’ सञ्चालनमा आएको संचालक कुवेर कार्कीले जानकारी दिए ।

सोमबार देखि संचालनमा आएको स्पालाई राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्तले एक कार्यक्रम बिच उद्घाटन गरेका हुन।

स्पा पार्खीहरुको लागि सञ्चालनमा आएको ‘गेटवे स्पा’ले फरक स्वाद दिने सञ्चालकको दाबी छ । अन्य स्पा भन्दा सुविधा सम्पन्न तथा दक्ष प्रशिक्षकहरुबाट सेवा दिइने लक्ष्य लिइएको सञ्चालक कुबेर कार्की बताउँछन् ।

उनका अनुसार स्पामा सेवा दिने सबैजना काठमाडौंबाट तालिम प्राप्त व्यक्तिहरु रहेका छन् । यो स्पामा लामो समयसम्म काठमाडौंमा काम गरिसकेका अनुभवी कर्मचारीलाई ल्याइएको सञ्चालक कार्की बताउँछन् ।

उनका अनुसार सस्तो दरमा काठमाडौंको जस्तै बिरगंजमा पनि स्पा पार्खीहरुले सेवा लिनेछन् । गेटवे स्पा सेन्टरमा मसाज गराउँदा एक घण्टाको दर ९ सय ९९ रुपैयाँ राखिएको छ ।

यो सुविधा एक पटकमा पाँचजनालाई सेवा दिइनेछ । ‘स्पा’ सेन्टरमा ५ वाट क्याबिन रहेको सञ्चालकहरु बताउँछन् । सबै क्याबिन एसीसहित अति सुविधा सम्पन्न रहेको संचालक कार्कीले जानकारी गराएका  थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...