अजित कुमार भुजेल , बिरगंज । बिरगंजको आदर्शनगर स्थित टिबडेवाल धर्मशालामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापा द्वारा बिरगंजमा हुने तराइ-मधेस राष्ट्रिय सम्मेलनको क्रममा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ।
सो पत्रकार सम्मेलनमा तराई मधेस राष्ट्रिय सम्मेलनमा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा , केन्द्रिय उपाध्यक्ष राजिव पराजुली एवम् पर्सा, बारा, रौतहट, सर्लाही ,महोत्तरी , धनुषा, सिराहा , सप्तरी,
झापा,मोरङ,सुनसरी,चितवन,मकवानपुर,नवलपुर,नवलपरासी,रुपन्देही, बर्दिया , कन्चनपुर लगायतका करिब २१ जिल्लाहरुका २००
जनप्रतिनिधिहरुको उपस्थिति रहेको बताएका थिए।
तराई मधेस नेपाल देशको मेरुदण्ड रहेको बताउनु भएको थियो। भने देशको कुल जनसंख्या मधे ४९ प्रतिसत जनसंख्या तराई मधेस रहेको भएता पनि भौगोलिक ,सुगम्ता , यातायातको सुबिधा भएता पनि
आर्थिक , सामाजिक र राजनीतिक दृस्टिकोणबाट तराई मधेस सदैव पिछडिएको अवस्था रहेको छ। विभिन्न किसिमका शोषण खेप्नुपरेको उनको भनाइ थियो।
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राष्ट्रको नारा बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवर्द्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्था सहितको प्रजातन्त्रको आवश्यकता रहेको उनको भनाई थियो।
सनातन धर्म संस्कृति र गौरवशाली सभ्यताको रक्षा गर्दै सबल र समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई थियो। संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए।
महत्त्वपूर्ण निर्णय अगामी पुस महिनामा सुनसरी जिल्लाको पबित्र तिर्थस्थल चकरा धामबाट तराई मधेसका विभिन्न जिल्ला हुँदै हुलाकीमार्ग हुँदै नवलपरासी जिल्लाको पबित्र तिर्थस्थल त्रिबेनीधाम सम्म जनजागरण अभियान सुरु गरिने बताएका थिए। तराई मधेस राष्ट्रिय सम्मेलन कार्यक्रम २७ गते आज समाप्त हुने पनि बताएका थिए।