जिल्लाका प्रमुखहरुको घडिअर्वा पोखरी छठ घाटमा भक्तजनहरुको सुरक्षा सम्बन्धि बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको पर्सा जिल्लाका प्रमुखहरूले घडीअर्वा पोखरी छठ घाटमा भक्तजनहरूको सुरक्षा सम्बन्धि बैठक सम्पन्न गरेको छ।

सो छठ पूजाको लागि आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छठ पूजाका लागि सुरक्षा व्यवस्थापनका विभिन्न पक्षहरूमाथि चर्चा गरे । उनले भीड व्यवस्थापनका लागि विशेष प्रशिक्षण प्राप्त सुरक्षा टोली तैनाथ गरिने बताए भने पर्साका प्रहरी उपरीक्षक एसपी कुमोध ढुङ्गेलले आयोजक समितिका स्वयंसेवकहरूसँग मिलेर प्रहरी खटाउने बताएका थिए। जसमा नेपाल प्रहरीका विभिन्न  सुरक्षाकर्मी परिचालन गरिने बताए।

घडीअर्वा पोखरीको विशाल जलाशयमा सम्भावित दुर्घटनाबाट बच्न सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले मोटर बोटसहितको टोली परिचालन गरिने उल्लेख गरे । साथै, महिला सुरक्षाकर्मी पनि तैनाथ गरिने बताएका थिए। सुरक्षा उपसमितिका संयोजक मनोहर साहले २० वटा सिसिटिभी क्यामेरा जडान गरी घाटको निगरानी गरिने बताए ।

स्वयंसेवकका रूपमा ४० जना स्थानीय युवा परिचालन गरिने र यसबाहेक, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै एम्बुलेन्स, वारुण यन्त्र, र प्राथमिक उपचार शिविर पनि घाटको आसपास राखिने बताए।
सो बैठकमा श्रीजंग गणका कर्णेल नीराजन कटुवाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत ललितनारायण चौधरी, बिरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह,दिलिप राज कार्की , प्रभाकर गुप्ता,कमल चौलागाईं तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं वडा प्रहरी कार्यालका प्रमुख निरोज चौलागाईंको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...