बिरगंज उद्योग बाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको स्वागत

Date:

अजित कुमार भुजेल, बिरगंज । बिरगंज उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गरेको छ।

संघको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश अर्यालले जिल्लाका उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयो गर्ने गर्ने छु। उनले कानून बमोजिम अवैधानिक काम गर्ने जोसुकैलाई प्रहरी प्रशासनले कारबाई गर्ने बताएका थिए।

सो कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध गुप्ताले सरकारी नीतिहरूका कारण उद्योग र व्यवसाय क्षेत्रमा सङ्कट उत्पन्न भएको बताए। उनले सरकारी निर्णय प्रक्रियामा झन्झटिलोपनले व्यवसायीहरूमा विभिन्न समस्याहरू थपिएको उनको भनाई थियोे भने उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रशासन र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाउन आवश्यक रहेको बताएका थिए । उनले व्यवसायीहरूमा कहिलेकाहीं प्रहरी प्रशासनको डरका कारण असहजता बढ्ने र आपसी सम्बन्ध बिग्रिने भएकोले प्रशासनले यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए।

सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल, मनोज दास,  तथा विभिन्न उद्योगी व्यवसायीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियोे भने बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...