अजित कुमार भुजेल , बिरगंज ।हिन्दूहरूको महान चाड छठ पर्वको अवसरमा सोमबार वीरगंज काराकारमा खाद्यन्न तथा साडी बितरण गरिएको छ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको आयोजनामा र रुङ्गटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सहयोगमा सो समाग्री बितरण गरिएको थियो ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा रुङ्गटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटाको प्रमुख आतिथ्यमा बिरगंज कारागारमा रहेका बिपन्न परिवारहरुलाई ६० थान साडी , पिठो २ केजिको दरले १२० किलो ग्राम र दलित समुदाय गरी ३२० थान साडि वितरण गरिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष खेतानले जानकारी दिनुभयो ।
हरेक बर्ष छ्ठपर्वलाई लक्षित गरि बिरगंज कारागारमा रहेका कैदि दिदिबहिनीहरुको आर्थिक अवस्थाले गर्दा सो पर्व मनाउन कठिन नहोस भन्ने उदेश्यले सो कार्यक्रम गर्ने गरेको खेतानले बताए ।
सो कार्यक्रममा कारागार प्रमुख बिनय श्रीवास्तव , सप्रबल कारागार सुरक्षा वेश बिरगंजका सप्रनाउ प्रकाश पौडेल , जिल्ला प्रहरी कार्यालयपर्सा प्रनि रमेश कुमार तिमल्सिना , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , सदस्य त्रिलोक चन्द दारुका , सुसिल कादमिया ,चन्द्र अग्रवाल , राकेश अग्रवाल , कैलाश बजाज ल, जेष्ठ नागरिक वसन्त उपाध्याय ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका प्रहरी हवल्दार बिबेक राउत कुर्मी ईन्चार्ज प्रहरी हवल्दार प्रेम राम , सन्चारकर्मि अजित भुजेल , संतोषमान रन्जितकार , सुस्मिता यादब र सन्जय कुशवाह लगायतको उपस्थित रहेको थियो ।