अजित कुमार भुजेल , बिरगंज । आज नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवद्वारा बिरगंज कारागारको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवद्वारा निरीक्षण तथा अनुगमन गरिएको थियोे। बिरगंजका कैदिबन्दीहरूसँग भेटेर उनीहरूको दैनिक जीवनमा आइरहेका समस्याहरूबारे प्रत्यक्ष जानकारी लिएका थिए ।
मन्त्री यादवले कैदिबन्दीहरूको शौचालय, विद्युत र खानेपानीको अभावको साथै महिला कैदीहरूको जीर्ण अवस्थामा रहेको कारागार जस्ता गम्भीर समस्याहरूको जानकारी लिएका थिए।
मन्त्री यादवका अनुसार समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मान जनक वातावरण प्रदान गर्नु राज्यको दायित्व हो । यसै सन्दर्भमा महिला कैदीहरूका लागि शौचालय तथा अन्य पूर्वाधारहरूको सुधार, जीर्णोद्धार र व्यवस्थित खानेपानीको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएका थिए ।
मन्त्री यादवले नेपाल सरकार यस विषयमा गम्भीर छ र छिट्टै समाधानका लागि आवश्यक छलफल अघि बढाइनेछ भन्नू भएको थियोे । यस अवसरमा बिरगंज महानगरकापालिकाका नगर प्रमुख राजेशमान सिंह , पर्सा प्रहरीका प्रमुख एसपी कुमोद ढुङ्गेल , जेलर बिनय श्रीवास्तव, प्रसासन प्रमुख लगायत सबै सरोकारवालाको उपस्थिति तथा सहकार्यको लागि हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए।