बिरगंजको नेवार समुदायद्वारा नेपाल संवत् ११४५ विभिन्न कार्यक्रम गरि मनाए

Date:

अजित कुमार भुजेल , बिरगंज । आज बिरगंजको नेवार समुदायद्वारा आयोजित नेपाल संवत् ११४५ विभिन्न कार्यक्रम गरी मनाइँदै।

नेपाल संवत् ११४५ को नयाँ वर्ष प्रारम्भ भएको शुभ अवसरमा बिरगंजको नेवार समुदायद्वारा आयोजित नेपाल संवत कार्यक्रम बिरगंज वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्कमा सम्पन्न भएको छ।

सो कार्यक्रममा जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवको प्रमुख आतिथ्यमा एवम बिरगंज  महानगरपालिकाका प्रमुख राजेश मान सिंह , मधेस बिश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य , न्युज २४ का केन्द्रिय ब्युरो प्रमुख राजु श्रेष्ठको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा    सहभागी भई शुभकामना आदानप्रदान समेत गरेका थिए।

सो अवसरमा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवले बिरगंजमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेर सबैमा सुख, शान्ति, र समृद्धिको कामना व्यक्त गरेका थिए। शंखधर साख्वाले विक्रम संवत् ९३७ इस्वी संवत् ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् को शुरुवात गर्नुभएको थियो ।

यस ऐतिहासिक संवत् का अवसरमा आज देशभर विविध कार्यक्रमहरूको आयोजना समेत गरिएको छ। गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएका थिए । विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । यस संवत् लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७  मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् को सुरुआत गराएका हुन। आजको कार्यक्रम नेपाल संवत्  ११४५ समारोह समिति बिरगंजले आयोजना गरेका थिए।

कार्यक्रममा बिरगंजको नेवार समुदायका मानिसहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...