धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिरको सौन्दर्यकरणको लागि मन्त्री यादवलाई ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । आज पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिर  भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवसंग आग्रह गरिएको छ ।
पर्साको पटेर्वा सुगौली गाँउपालिकामा  पर्ने जंगल भित्र रहेको प्रसिद्ध दुग्धेश्वर महादेव भाथा मन्दिरमा साउन महिनामा लाखौं भक्तजनहरुको भिड लाग्ने गरिन्छ  उक्त मेलामा नेपाल र भारतका विभिन्न ठाउहरुबाट भक्तजनहरु आउने गर्छ। भाथा धाममा आउने तिर्थालुहरुलाई राति सुत्न , बास बस्ने ,स्वच्छ खानेपानी, व्यवस्थित शौचालयको लागि भक्तजनहरु लाई अफ्ट्यारो भएकोले आज बिरगंज स्थित मन्त्री यादवको निजी निवासमै पुगेर जसपाका नेता दीपक यादव एवं मेला समितिको टोलीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको थियो ।

मेला समितिले भाथाधाममा पूर्वाधार निर्माणका साथै सौन्दर्यकरणका लागि मन्त्री यादवसंग आग्रह गरेको थियोे भने  पूर्वाधार निर्माणका लागि पहल गरिदिन मन्त्री यादवसंग आग्रह समेत गरिएको थियोे। ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले छठ पर्व पछि मन्त्रालय र सरकारी कार्यालयहरु खुल्ने भएकाले छठ पर्व लगत्तै भाथाधाममा प्राविधिक टोली पठाएर त्यहाँ आवश्यक पूर्वाधारका बारेमा योजना बनाउन लगाउने प्रतिबद्धता जनाएका थिए।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा पूर्व मन्त्री तथा जसपाका केन्द्रिय सदस्य मोहनलाल चौधरी,पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी र जन्नत अंसारी, वडाध्यक्ष फरमान अन्सारी, जसपाका नेताहरु दीपक यादव, नागेन्द्र यादव, विश्वनाथ महतो थारु,माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्ववारिका उपाध्याय, गेनालाल पटेल लगायतकाको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...