अजित कुमार भुजेल , बिरगंज । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ पर्साले शुभ-दिपावली तथा छठको पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रम संविधानसभा सदस्य अनिल रुङ्गटाको प्रमुख अतिथ्यमा कार्यक्रमको आयोजना गरेको हो। आफ्नो मन्तव्य राख्दै भने नेपाली कांग्रेस बिधान ले चल्ने संगठन हो। हामीले बिधान भन्दा बाहिर रहेर काम गर्दैनौ । केन्द्रको निर्देशन ले हामी काम गर्ने हो । आउने चुनावमा हामी पहिलाको जस्तो गठबन्धन गरेर चुनाव लडने छैनौं । अबको चुनाव हामी बिना गठबन्धनको लडने छौ भनी दिपावली तथा छठको शुभकामना दिनु भयो।
त्यसै गरि प्रदेश सरकारका कृषि तथा वातावरण मन्त्री जनार्दन सिंह क्षेत्रीले मन्तव्यको क्रममा नेपाली कांग्रेस तपाई हरुको घर दैलोमा गएर तपाईंको पिर मार्का बुझ्ने पार्टी हो । नेपाली कांग्रेसका नेताहरु जन्ताको बीचमा गएर जन्ताको समस्या समाधान गर्ने पार्टी हो भनी दिपावली तथा छठको शुभकामना दिनु भएको थियो।
नेपाली कांग्रेसका जिल्ला सचीव एवम् बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले मन्तव्यको क्रममा भने क्षेत्रमा उत्पन्न गलत क्रियाकलापले नेपाली कांग्रेसका कार्यकर्ता भम्रमा नलाग्न अनुरोध गर्नु भयो। नेपाली काङ्ग्रेस केन्द्रले गरेको निर्णयलाई हामी कार्यान्वयन गर्ने हो । भ्रममा नपर्न नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई अनुरोध गर्नु भएको थियो। कार्यकर्ताहरुलाई कुनै काम परे म संग मेरो कार्यालय वा घरमा आएर भेटन सक्नु हुनेछ र तपाईंको समस्या समाधान गर्ने छु प्रतिबद्धता दिदै दिपावली तथा छठको शुभकामना दिनु भयो।
उक्त कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस का क्षेत्र नं.१ का क्षेत्रीय कार्यवाहक सभापति अनिल सिंहले गर्नु भएको थियो भने नेपाली कांग्रेस पर्साका जिल्ला कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी , तरुण दल पर्साका जिल्ला अध्यक्ष बिकास तिवारी, युसुफ आलम, फिरोज अन्सारी लगायतको उपस्थिति रहेको थियो।