समाजसेबि राजेश बर्णवालले छठ पर्वको अवसरमा बिन्दवासिनि गापामा साडि तथा पुजा सामाग्री बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।  छठ पर्वको शुभ अवसरमा समाजसेवी राजेश बर्णवालले बिन्दवासिनी गाउपालिका वडा ५ भेलाहा टोलमा १०० थान साडी, नरिवल र अगरबत्ती वितरण गरेको छ ।

सो निशुल्क साडी वितरण कार्यक्रम देशकै महापर्व छठको शुभ अवसरमा प्रत्येक वर्षको फरक फरक स्थानमा आयोजना गरिने  गरिएको समाजसेवी बर्णवालका सुपुत्र हर्षित बर्णवालले जानकारि दिनुभयो ।
आस्था एवं श्रद्धाको महापर्व छठ पुजा मधेश लगायत देशकै प्रमुख चाडपर्व रहेको र यो पर्व घरघरमा बडो श्रद्धापुर्वक मनाउने गरिन्छ र ८ वर्ष अगाडि सम्म मेरो परिवारले छठपुजा गर्दथिन पछि पुजा बसाएर ८ वर्षदेखी बिपन्न परिवारले पनि यो पर्व मनाउन सकुन भनी थोरै सेवा सहयोग गर्ने आफ्नो  ईच्छा रहेको बर्णवालले बताए । त्यसैगरि हामी सबैले सक्दो सहयोग गरेर यो पर्व सभ्य एवं भव्य रुपले मनाउन समाजसेवी बर्णवालले आग्रह गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो ।

सो अवसरमा नेपाल बार एसोसिएसन पर्साका पुर्व अध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले दिनदुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म हो भन्दै समाजसेवी बर्णवालले प्रत्येक वर्ष छठबर्तालुहरुलाइ गर्नु भएको सेवा सहयोगको सुकार्यको उहाँ र परिवारको मुक्तकण्ठले प्रशन्सा गर्नु भयो र सम्पुर्णलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा सो निशुल्क सामाग्री वितरण कार्यक्रमको संयोजन गरि दिनु हुने बिन्दवासिनी गापाका नेपाली काङ्ग्रेसका गाउँ इकाई समिती अध्यक्ष विवेक चौरसियाले छठ महापर्वमा बिरगंज देखि यहाँ गाउँ सम्म पुगेर छठ सामाग्रीहरु सहयोग उपलब्ध गराइ मानवता बल्लियो बनाउने समाजसेवी बर्णवाल परिवारलाई धन्यवाद दिदै यो विशुद्ध सामाजिक सेवा रहेको र यो कुनै सरकारी बजेट नभएर बर्णवाल जि को निजि खर्चबाट सहयोग भएको जानकारी दिदै सम्पुर्णलाइ छठ महापर्वको बधाई शुभकामना ब्यक्त गरेका थिए ।

सो निशुल्क छठ सामाग्री वितरण कार्यक्रममा वडा सदस्य हरिन्द्र मुखिया,  युवा अभियन्ता उपनिवेश चौरसिया, छठुलाल चौरसिया लगायत स्थानिय अग्रज महिला युवाहरुको बाक्लो सहभागिता  रहेको कार्यक्रमको सहजीकरण बिरगंज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...