सरोकारवाला निकाय उपभोक्ता वादि संघ सस्थाहरुलाई जानकारी नदिई खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय मधेस प्रदेशले बिरगंजमा गर्यो अन्तरक्रिया , गोष्ठीको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर मदेश प्रदेशले उपभोक्ता तथा उपभोक्तावादि संघ संस्थालाई थाहा नै नदिई खाद्य पदार्थमा औधोगिक ट्रान्स फ्याट नियमन सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया /गोष्ठिको आयोजना गरेको छ ।

बिरगंज उद्योग वाणिज्य संघको सहआयोजनामा संघ कै सभाहलमा आज सरोकारवाला निकाय उपभोक्ता वादि संघसस्थाहरुलाई जानकारी नदिई छानि छानि बेकरि सटिङ घ्यू  तथा पुजा घ्यू भनि उत्पादन गरि सोझा सिधा उपभोक्ताहरुलाई ढाटि बिक्रि गर्नेहरुलाई भेला गर्नुले चाडवाडको बेला व्यापारीहरु सङ्ग सम्बन्ध बनाउन मधेस बाटै आफ्ना बिश्वासपात्र पठाई कार्यक्रम गर्नु र उपभोक्ता वादि संघ संस्थाहरुलाई नबोलाउनुको कारण प्रष्ट भएन र ? हेलो खाद्य प्रविधि विभाग ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मधेस प्रदेशका हस्त राईको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

यसअघि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिरगंज पर्सा र मधेस प्रदेशले गर्ने हरेक कार्यक्रममा बोलाउने गरेको तर आज बिरगंज उद्योग वाणिज्य संघको सभाहलमा बिरगंजमा रहेका बेकरि सटिङ्ग घ्यू तथा पुजा घ्यू भनि उत्पादन गर्नेहरुलाई बोलाईएको तर उपभोक्ता वादि संघ सस्थालाई नबोलाईनुको के कारण हो भनि उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...