मालपोत र नापि कार्यालय पर्साका कर्मचारीहरुको लापरबाहीले श्रीमतीको नामको जग्गा अरुको नाममा गएको पीडितद्वारा पत्रकार सम्मेलन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.७  बस्ने सन्जय जयपुरियाले मालपोत र नापी कार्यालयका कर्मचारीहरुको लापरबाहीले गर्दा मेरो श्रीमतिको नाममा रहेको जग्गा अरुको नाममा बिक्रि गरेको आरोप लगाएका थिए ।

जग्गा धनीका श्रीमान सन्जय जयपुरियाले बिरगंजको होटेल बिरगंज गेटवेमा आज पत्रकार सम्मेलनको आयोजना गरि मेरो श्रीमती शान्ति कुमारी मारवाडिले १५ बर्ष अगाडि मिति २०६७/७/४ गते नितेन्द्र प्रसाद साह सङ बिरगंज वडा न.७  माईस्थान स्कुल पछाडि  कित्ता न. ७७ को जग्गा साढे ६ धुर पुरानो घर समेत गरि खरिद गरि भोग चलन गर्दै आईरहेको र सो जग्गाको बिरगंज महानगर पालिकालाई सम्पत्ति कर पनि बुझाउदै आईरहेको पत्रकार सम्मेलनमा जग्गा धनीका श्रीमान सन्जय जयपुरीयाले जानकारी दिदै १ बर्ष अगाडि घरायसी प्रयोजनको लागि बैंकबाट ऋण लिन पर्यो भनेर मालपोत रोक्का गर्न जादा सो जग्गा अरुको नाममा बिक्रि भएको थाहा पाउँदा यो कसरी भयो भन्दै मालपोत कार्यालय , नापी कार्यालय सबै धाउदा धाउदै १ बर्ष हुन लाग्यो ।

मालपोत कार्यालयले गल्तीले भएको हो , तपाईंको काम  हुन्छ हुन्छ भनेर भोलि आउनु , पर्सि आउनु , अहिले त्यो फाटको मान्छे आएको छैन भनेर आलटाल गर्दै दु:ख दिने गरेको र नापी कार्यालयमा भने ६९  कित्ताको ४ कित्ता काट गरि ३ जनाको नाममा बिक्रि गरिसकेको देखिएको बताए पनि कम्प्युटरमा  कित्ता न. ६९ ईन्ट्रि बदर  देखिएको जयपुरियाले आरोप लगाएका थिए ।

मेरो श्रीमतीको नामको लालपुर्जा आफू सङै हुदा हुँदै सो जग्गा राजकुमार अग्रबाल , सुरेश कुमार अग्रबाल र निर्मला देबि गरि ३ जनाको नाममा पास गरेको देखिएको र १ कित्ता बिक्रि नभएको देखिएको बताए ।

पत्रकार सम्मेलनमा  जयपुरियाले  आफुले थाहा पाएपछी देखि नै दौडधुप गरेको र यश सम्बन्धमा एकजनाले फोन गरि काम गर्ने सर्तमा ३ लाख मागेको पनि बताए । तर फोन गर्ने व्यक्ति को हो मलाई थाहा र जानकारी भएन  किन कि मेरो जग्गाको लागि सो रकम किन  दिने भन्ने सोच रहेको बताए ।

पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै जयपुरियाले आफू अहिले सम्म अख्तियार  र अदालत नगएको  भन्दै  तपाईहरुको लोकप्रिय सन्चार माध्यमबाट समाचार प्रकाशित गरि सत्यतथ्य बुझि मलाई न्याय दिनुहुने छ भन्ने बिश्वास लागेकोले आज यो पत्रकार सम्मेलन गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...