ज्ञापनपत्र बुझाए लगतै मञ्चले उठाएका बिषयवस्तु तत्काल कार्यान्वयन र सम्बोधन गर्ने निर्णय

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बजारमा उपभोक्ताहरुले भोगिरहेका समस्याका विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाए लगत्तै सोहि दिन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सम्पुर्ण नियामक निकायका प्रमुख र प्रतिनिधि बिचमा बजारमा हुने सबै खाले बदमासि नियन्त्रण गर्न कडा निर्देशन दिनुको साथै उपभोक्ता हित संरक्षण मञ्च नेपालले उठान गरेका विषय वस्तु तत्काल कार्यान्वयन गर्ने निर्णय समेत भएको थियो ।

मञ्चले चाडपर्वका समयमा हुनसक्ने अधिकमुल्य बृद्वि , म्याद नाघेका खाद्य तथा गैरखाद्य वस्तु बिक्रि बितरण , लेबलमा खुलाउनु पर्ने कुराको स्पष्टता , गैर कानुनी मिसावट , बिल बिजकको प्रयोग लगायतका बिषयमा लक्षित भैइ बजार अनुगमनलाई तिब्रता दिइ प्रभावकारि बनाउने निर्णय गरिएको थियो ।

  1. ,त्यसैगरि चाडपर्वको बेला सवारी साधनको भाडामा हुने मुल्यबृद्वि बारे सघन रूपमा अनुगमन गर्ने , बजार अनुगमनको प्रतिवेदन मासिक रूपमा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य पठाउने , अधिकार प्राप्त कार्यालयले नियमित रूपमा गर्नु पर्ने अनुगमन निरन्तर गर्ने , अनुगमन गर्दा सरोकारवाला संलग्न भएको टोलिबाट सन्युक्त बजार अनुगमन गर्ने ,माछामासुको खुल्ला बिक्रीवितरण नियन्त्रणका लागि नियमन गर्ने , रोक लगाईएका औंषधि र खाद्य तथा गैर खाद्य बस्तु बिक्रि बितरणको अनुगमन प्रभावकारि बनाई नियन्त्रण गर्ने , चाडपर्वको समयमा चर्कोस्वरमा बजाउने वाधवाधनका साधन तथा पटकाजन्य वस्तुको नियन्त्रण गर्न अनुगमन तीब्र बनाउने निर्णय समेत गरिएको थियो ।

त्यसैगरि उल्लिखित बिषयहरुमा हुने गैरकानुनी कार्य रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारि गर्ने र त्यस्ता कार्यको नियन्त्रण गर्न सरोकारवाला सबैमा सार्वजनिक अपिल गर्ने समेत निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठले जानकारि दिनुभयो ।

बैठक पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षमा बसेको सो बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारि , उत्तम कुमार घिमिरे , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल , सशस्त्र प्रहरी बल नेपाल न.१३ गण हे. क्वा. पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख सुरेश कुमार सिंह , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका निमित्त कार्यालय प्रमुख मुन्ना साह रौनियार , गुणस्तर तथा नापतौल कार्यालय बिरगंज पर्साका निरीक्षक सन्जिब कुमार ठाकुर , घरेलुु तथा साना उद्योग कार्यालय पर्साका लेखा अधिकृत प्रधुमन प्रसाद , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका अध्यक्ष सुनिल श्रेष्ठ , उपाध्यक्ष अजित कुमार भुजेल , सचिव बिशाल झा, सदस्यहरु मनोज गुप्ता , रोशनी श्रेष्ठ , राकेश अधिकारी , प्रकाश कुमार शाह र राम मन्डल लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...