महानगर एक्सनमा , सरसफाइलाई दिगो र प्रभावकारि बनाउन माईकिङ्ग मार्फत टोलटोल पुगेर सचेत गराउने

Date:

अजित कुमार भुजेल , बिरगंज । सरसफाईलाई दिगो र प्रभावकारी बनाउन बिरगंज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ ।

जरिवाना मार्फत सहर सफाईलाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोलटोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको हो ।

सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोलटोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए।

नगरलाई सफा स्वच्छ राख्ने नगर प्रमुख सोच बमोजिम सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङ मार्फत टोलटोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए ।

‘जरिबाना मात्रै नभई नागरिकलाई फोहोर गर्नुहुँदैन भन्ने धारणा वृद्धि गराउन सचेतना गराउने अभियान थालिएको हो,’ उनले भने ‘यो अभियान अन्तर्गत हरेक दिन हामी टोलटोलमा पुगेर नागरिकलाई सचेत गराउने छौँ ।’

यसका साथै महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टाँस्न रोक लगाएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिङ्ग बोर्ड जथाभावी लगाउन रोक लगाएको हो ।

पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेका छन् ।

तर अब कुनैपनि व्यक्ति वा संघसंस्थाले अनुमति नलिई जथाभावी रुपमा पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । कसैले टाँसेको पाए उसलाई कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...