म्याद गुज्रिएको बियर बरामद , धेरै जसो बडबाईजर बियर फेला गरि नस्ट गरियो

Date:

बिरगंज । बिरगंज महानगर पालिका बजार अनुगमन समितिद्वारा बिरगंजमा रहेका मदिरा बिक्रेता पसलमा अनुगमन गरेको छ ।
बिहीबार , शुक्रबार दुई दिन अनुगमन गर्ने क्रममा धेरै जसो मदिरा होलसेल पसलमा बिरगंज महानगर पालिकाबाट व्यवसाय प्रमाणपत्र नलिएर सन्चालन गरेको , कसैले नबिकरण नगरेको र केही ठाउमा म्याद गुज्रिएको बियर समेत फेला पारेको थियो ।बजार अनुगमन टोलिद्वारा निरीक्षण गर्ने क्रममा म्याद गुज्रिएको बियर मध्य धेरै जसो बडबाईजर बियर फेला परेको थियो ।मुर्ली चौक स्थित रिया एन्ड अदिती ईन्टरप्राईजेजमा आज निरीक्षण गर्ने क्रममा बडबाईजर बियर ३३० ml को १४ थान बिक्रि गर्न राखिएको हुदा त्यसलाई नियन्त्रणमा लिई पसलधनी र अनुगमन टोलिको रोहबरमा नस्ट गरियो।

त्यसैगरि आजै रबि ट्रेडर्स पानिटंकी १२ मा अनुगमन टोलिद्वारा निरीक्षण गर्दा म्याद नाघेको नेपाल आईस बियर ६५० ml को १ थान ,३३० ml को २ थान , ड्रगन बियर ६५० ml को १ थान , बडबाईजर बियर ३३० ml को ५ बोतल फेला पारेको र पसलधनी तथा अनुगमन टोलिको रोहबरमा नस्ट गरिएको थियो ।

बिहीबार दिपक ईम्पेक्स एन्ड कर्सन बिरगंज-४ मा अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिकाको व्यवसाय प्रमाणपत्र दर्ता रहेको तर आर्थिक बर्ष २०८०/८१ को नवीकरण नगरेको , शिखर ईन्टरप्राईजेज बिरगंज -६ मा व्यवसाय प्रमाणपत्र दर्ता नरहेकोले ७ दिन भित्र दर्ता गर्न निर्देशन दिएको थियो ।जय जगदम्बा ट्रेडर्स बिरगंज -४ मा व्यवसाय प्रमाणपत्र माग्दा असहयोग गरेको हुदा एक हप्ता भित्र बिरगंज कार्यालयमा ल्याउन निर्देशन समेत दिईएको थियो ।

त्यसैगरि शुक्रबार बजार अनुगमन टोलिले श्री न्यु मनकामना स्टोर्स लिन्करोड -८ मा अनुगमन गर्दा व्यवसाय प्रमाणपत्र ३ दिन भित्र नवीकरण गर्न , साजन स्टोर्स -लिन्करोड -८ मा पनि व्यवसाय प्रमाणपत्र नभएको , अजित ईन्टरप्राईजेज -८ मा व्यवसाय प्रमाणपत्र लिएको तर २०७६ सालदेखि नवीकरण नभएको फेला परेको थियो ।त्यसैगरि लक्ष्मी स्टोर्स -८ मा पनि बिरगंज महानगर पालिकाबाट व्यवसाय प्रमाणपत्र नलिएको पाईएकोले ७ दिन भित्र प्रमाणपत्र लिन निर्देशन समेत दिईएको थियो ।

बजार अनुगमन टोलिमा बिरगंज महानगर पालिकाका खाद्य अधिकृत बिपिन कुमार लाल दास , जिल्ला प्रशासन कार्यालय पर्साका ब्रह्देव प्रसाद यादव , बाणिज्य कार्यालयका कबिकान्त कुशवाह , नापतौल कार्यालयबाट आनन्द कुमार गुप्ता , होटेल व्यवसायी संघका हरि पन्त , बिरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक रन्जित कुमार ठाकुर , सशस्त्र प्रहरी सहायक निरीक्षक वीर बहादुर लामा , उपभोक्ता हित संरक्षण मञ्च बिरगंजका अजित भुजेल समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...