नेपाल शिक्षक महासंघ बिरगंज महानगर समितिद्वारा बिरगंज महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लाल कर्णको भस्टाचारको कुकृत्यहरुको पर्दाफासबारे पत्रकार सम्मेलन

Date:

अजित कुमार भुजेल । नेपाल शिक्षक महासंघ बिरगंज महानगर समिति पर्साको आयोजनामा आज भस्टाचार बिरुद्धको पत्रकार सम्मेलन तथा भस्टाचारका ( खोका) बिरगंज महानगर पालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णको कुकृत्यहरुको पर्दाफास गरेका थिए ।

नेपाल शिक्षक महासंघ बिरगंज महानगर अध्यक्ष प्रदिप कुमार जयसवालले शनिबार बिरगंजको गोश्वारारोड स्थित होटेल बिरगंज गेटवेमा पत्रकार सम्मेलनको आयोजना गरि बिरगंज महानगर पालिकाका शिक्षा प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले गरेका दरबन्दी मिलानको नाममा व्यक्ति मिलान , आर्थिक मिलान , आफन्त मिलान र स्वजातिय मिलान भस्टचार जस्ता कुकृत्यहरुका २१ वटा बुन्दा सहित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

त्यसैगरि अरबिन्द लाल कर्णले शिक्षक हासिम अन्सारी सङ्ग रेडलेबलको माग गरेका थिए , त्यो नदिदा अपाएक ठाउमा सरुवा गरेको र अर्को शिक्षक सङ्ग कपडा धुने वासिङ्ग मेशिन समेत मागेको यो भन्दा भस्टाचारको प्रमाण अरु के हुन्छ ।

अर्को भस्टाचार गरेको नमूनाको रुपमा रहेको बिधालयमा दिने पंखा कमसल रहेको बजारमा यसको मुल्य १२ देखि १३ सय रुपिया पर्ने सो पंखा आफन्त र आसेपासेले ३२ सयको बिल बनाएर भुक्तानी समेत लिएको प्रमाण पेश गरेका थिए ।

दरबन्दि मिलानको नाममा शिक्षा प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले शिक्षकहरु सङ्ग २० हजार देखि १ लाख सम्म लिएको आरोप समेत पत्रकार सम्मेलनमा लगाएका थिए ।

दरबन्दी मिलानको नाममा आफ्नो मान्छे , आसेपासेहरुलाई पाएक पर्ने ठाउमा सरुवा गर्ने र पैसा नदिने , कुरा नमान्ने शिक्षकहरुलाई दु:ख दिने गरेको हुदा दरबन्दी मिलान कार्य अबिलम्ब फिर्ता लिन आग्रह गर्दै हाम्रो माग पुरा नभए चरनबद्द आन्दोलनमा जाने यसबाट हुने नोक्सानीको जिम्मेवार बिरगंज महानगर पालिका शिक्षा प्रशासन महाशाखा र प्रमुख अरबिन्द लाल कर्ण समेत हुने बताए ।

सो पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ पर्सा जिल्ला अध्यक्ष तिर्थराज यादव , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शिवनाथ प्रसाद थारु , संघिय शिक्षक फोरमका अध्यक्ष  भरत गिरि , जिल्ला सचिव बिनोद गिरि , सामुदायिक विद्यालयका  प्र. अ. , शिक्षक , शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...