बिरगंज समाज सेवाद्वारा प्रत्येक शनिबार नारायणी अस्पताल प्राङ्गणमा निसुल्क खाना बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज समाज सेवाको आयोजनामा निसुल्क खाना बितरण गरेको छ ।

प्रत्येक शनिबार बिहान १० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा निसुल्क भोजन खुवाउने गरेको छ ।

नारायणी अस्पतालमा बिरामिहरु , बिरामीका आफन्त कुरुवाहरु लगायत गरिब , असहाय गरिबहरुलाई सहज होस भनेर हरेक सप्ताहको शनिबार बिहानको खाना खुवाउने गरेको बिरगंज सनाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिनुभयो ।

यहा शुद्ध शाकाहारि खाना घरको जस्तो स्वादिष्ट दाल , भात , तरकारी , अचार ४५० देखि ५०० जनाले खाने गरेको बिरगंज समाज सेवाका सचिव प्रकाश बाहितिले बताए ।

सेवा नै धर्म हो , गरिब , दिन दु:खि , असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि होईन , हामिहरु आफ्नो लागि मात्र बाचिरहेका छौ , अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामि साथी भाईहरु मिलि आफ्नो निजि खर्चबाट यहि बैशाख देखि सुरु गरेको आज १७ औं सप्ताह हो ।

यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ  त्यति सहयोग गर्न आग्रह गर्दै अरु शाखा खोलेर सेवा गर्ने समेत बताए ।

आजको सो निसुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बाहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , अभिलेष गुप्ता , सन्चारकर्मि लालबाबु सिंह , अजित भुजेलको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...