बिश्व योग दिवसलाई भब्य बनाउन रक्सौलमा ब्यापक जनसम्पर्क अभियान

Date:

पर्सा पोस्ट, असार ०५ गते, रक्सौल।
१२ औँ विश्व योग दिवसको अवसरमा आगामी जुन २१ आइतबार आयोजना हुने भव्य योग शिविरलाई सफल, प्रभावकारी तथा जनमैत्री बनाउन भारत विकास परिषद्, रक्सौल शाखाले शहरभर व्यापक जनसम्पर्क तथा निमन्त्रण अभियान सञ्चालन गरेको छ। परिषद्का पदाधिकारी तथा सदस्यहरूले विभिन्न सामाजिक संघसंस्था, सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठान, बुद्धिजीवी, समाजसेवी तथा योगप्रेमी नागरिकहरूलाई निमन्त्रणापत्र वितरण गर्दै कार्यक्रममा सहभागी हुन आग्रह गरिरहेका छन्।

विगत पाँच वर्षदेखि भारतीय भूमि बन्दरगाह प्राधिकरण (भू-बन्दरगाह, रक्सौल) र भारत विकास परिषद्, रक्सौल शाखाको संयुक्त तत्वावधानमा एकीकृत चेक पोस्ट (ICP) परिसरमा विश्व योग दिवसको अवसरमा योग शिविर आयोजना हुँदै आएको छ। यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै अझ व्यवस्थित, प्रभावशाली तथा व्यापक सहभागितासहित कार्यक्रम सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी, सचिव नरेश कुमार तथा कार्यक्रम संयोजक अरविन्द जयसवालले संयुक्त रूपमा जानकारी दिँदै योग शिविरलाई स्वास्थ्य, अनुशासन र सकारात्मक जीवनशैलीसँग जोडिएको महत्वपूर्ण सामाजिक अभियानका रूपमा लिइएको बताए। उनीहरूले ICP व्यवस्थापनसँग आवश्यक समन्वय गरी सम्पूर्ण तयारीलाई अन्तिम रूप दिइँदै गएको उल्लेख गरे।

परिषद्का सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफका अनुसार शिविर आर्ट अफ लिभिङका संस्थापक आध्यात्मिक गुरु श्री श्री रविशंकरको मार्गदर्शनमा प्रशिक्षित वरिष्ठ योग प्रशिक्षक श्री चण्डेश्वर प्रसाद साहको नेतृत्वमा सञ्चालन हुनेछ। श्री साहले करिब २३ वर्षदेखि नेपाल तथा बिहारका विभिन्न क्षेत्रमा योग, प्राणायाम तथा आध्यात्मिक चेतनासम्बन्धी प्रशिक्षण दिँदै आएका छन्। स्वास्थ्य सचेतना र सकारात्मक जीवनशैली प्रवर्द्धनमा उनको योगदान उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

परिषद्की महिला सहभागिता प्रमुख श्रीमती मेनका गुप्ता तथा संस्कार संयोजक नितेश कुमार सिंहले शहरवासीहरूमा योग शिविरप्रति उल्लेखनीय उत्साह देखिएको बताए। उनीहरूका अनुसार हजारौँ नागरिकलाई निमन्त्रणापत्र वितरण गरिएको छ भने परिवारसहित कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ।

आयोजकले जुन २१ तारिख बिहान आयोजना हुने उक्त योग शिविरमा सहभागी भई योग अभ्यासमार्फत स्वस्थ, सन्तुलित तथा सकारात्मक जीवनशैली अपनाउन सम्पूर्ण नगरवासीसँग अपील गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सामाजिक अभियन्ता, विद्यार्थी, महिला समूह तथा युवाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
यस सम्बन्धी जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकरिया तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफले संयुक्त रूपमा दिएका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । वीरगञ्जस्थित...