त्रि. बि. ले आगामी फागुनमा गर्ने ( स्वबियु) निर्वाचनको तयारीमा जुटेको बेला नेबिसंघको बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिगत १५ वर्ष देखि  ठाकुर राम बहुमुखी क्याम्पसको चुनाव हुन सकेको छैन । तर यो वर्ष त्रिभुवन विश्वविद्यालयलको आगामी फागुन १५ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको बेला त्यसको मध्य नजर गर्दै नेपाल  विधार्थी संघका विद्यार्थी नेताको बैठक आज सम्पन्न भएको छ ।

बि.सं.२०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १५ गते गर्ने तयारीमा त्रिवि रहेको छ।

स्ववियु निर्वाचनको मध्ये नजर गर्दै बिरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीलको प्रमुख अतिथामा बैठक बसेको हो।

उक्त बैठकमा नेविसंघका केन्द्रीय सदस्य एंव प्रमुख अतिथि मुनाराज तिवारीले भने स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए। स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए।उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए।

नेविसंघको बैठकमा ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्ववियु चुनावको विषयमा विधार्थीहरुले आ-आफनो धारणा राख्दै ठाकुर राम बहुमुखी क्याम्पसको दिन प्रतिदिन अवस्था  नाजुक हुदै गएको प्रति र विकासमा पनि पछाडि परेको प्रति दुख व्यक्त गरेका छ्न।

ठाकुर राम बहुमुखी क्याम्पसलाई सुधारोन्मुख तर्फ लग्न र शैक्षिक विकासको लहर ल्याउनको निमित्त स्ववियु चुनावलाई लक्षित गर्दै कसरी आफ्नो पंक्षमा विद्यार्थीहरुलाई पार्न सकिन्छ र कसरी ठाकुर राम बहुमुखी क्याम्पसलाई नेविसंघ मइ बनाउन सकिन्छ त्यस विषयमा बैठकमा छलफल भएको नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पसका विधार्थी नेता राजु गुप्ताले जानकारी दिए।

उक्त बैठक नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीको प्रमुख अतिथीमा बसेको बैठकमा ठाकुर राम बहुमुखी क्याम्पस विद्यार्थी नेता राजु यादव,राहुल दास,रुपेश साह,इम्तियाज हुसैन लगायतका उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...