श्रीपुर मुर्लि सामुदायिक सेवा केन्द्रको आयोजनामा निरन्तर सवारी दुर्घटना न्यूनीकरण गर्न मुर्लि चौकमा ट्राफिक सम्बन्धि सचेतना कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साको आयोजनामा ट्राफिक सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

निरन्तर श्रीपुर मुर्ली सामुदायिक सेवा केन्द्रले सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि बिरगंज महानगरपालिका वडा नं.११ मुर्ली चौकमा पैदल यात्री,साईकल चालकहरु समेतलाई जेबरा क्रसिङ गर्दा दाया बाँया हेरेर मात्र बाटो क्रस गर्ने,ट्राफिक सकेत,ट्राफिक लाईट,हेल्मेटको डोरी लगाउने बिषयमा अंन्दाजी २५० जनालाई  सम्झाई बुझाई उक्त कार्यक्रम सम्पन्न गरेको सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर बिरगंज पर्साका सचिव कुल नारायण प्रधान (दिलिप) ले जानकारी दिनुभयो ।

सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान राजु चौरसिया लगायतको उपस्थितमा सो कार्यक्रम अं.१०:३० वजेको समयमा समाप्त भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गौतम माबिमा ” विद्यार्थी उपलब्धि सम्मान समारोह ” सम्पन्न

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज । वीरगञ्जस्थित...

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...