मातृशोकमा परेका सदस्यलाई प्रेस सेन्टर पर्साको आर्थिक सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्साका सदस्य विशाल पटेलकी ममतामयी आमाको असामयिक निधनप्रति प्रेस सेन्टर पर्साले शोक व्यक्त गरेको छ । प्रेस सेन्टर नेपाल पर्साले दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकूल परिवारजनलाई समवेदना सहित संगठनको तर्फबाट आर्थिक सहयोग पनि गरेको छ ।

संगठनको तर्फबाट सहयोग स्वरूप १५ हजार रूपैंया र अन्य सदस्यहरुबाट समेत व्यक्तिगत रकम सहयोग गरिएको प्रेस सेन्टर नेपाल पर्साका सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।

संगठनको तर्फबाट सचिव यादव सहित कोषाध्यक्ष विदुर गौतम, सदस्यहरु संतोष कुमार कुश्वाहा, रुपेश वर्मा लगायतको टोलीले विशाल पटेल र उहाँका बुबालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

संगठनका सदस्यहरूको सुखदुखमा सधैं साथ र सहयोग निरन्तर रहने सचिव यादवले बताउनुभयो । विशाल पटेलकी आमाको यहि भदौ १ गते ५२ बर्षको उमेरमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...