अजित कुमार भुजेल , बिरगंज । नेवार समुदायका एसईईमा उतिर्ण भएका बिद्यार्थीहरु लाई नेवा: देय दबु पर्सा जिल्ला कार्यसमितिद्वारा सम्मान कार्यक्रम वीरगन्जको अलखिया अतिथी सदनमा सम्पन्न भएको छ ।
सो सम्मान कार्यक्रममा १६ जना विद्यार्थीहरुलाई जनही नगद ११०० र सम्मानपत्र प्रदान गरिएको थियो भने २ जना टपर ( युवा युवती) असल गोपाल गुरुवाचार्य र श्रुति श्रेष्ठलाई समाजसेवी संजय जोशी एवं सुनिल जोशि द्वारा स्व. आमाबुवा आनन्दलाल जोशी गंगा देवि जोशीको सम्झनामा जनही नगद ५१०० र सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको थियो ।
सोहि अवसरमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ताईक्वाण्डो खेलमा विभिन्न प्रतियोगिताहरुमा पदकहरु जितेर नेपाल र नेवार समुदायको नाम उच्च बनाएका गोल्ड मेडलिष्ट सागर गुभाजुलाई प्रमुख अतिथी वीरगन्जका मेयर राजेशमान सिंहद्वारा मायाको चिनो एवं सम्मानपत्र दिएर सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी सिंहले एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई बधाई दिदै उच्च शिक्षाको साथै सुखद सफल भविस्यको सफलताको शुभकामना दिएका थिए ।
सोहि अवसरमा नेवार समुदाय एक जुट नभएकोमा सिंहले दुःख ब्यक्त पनि गरेका थिए । उहाँले भने आफ्नो जात धर्म संस्कृति जगेर्ना गर्ने जिम्मेवारी संगसंगै अहिलेका युवाहरुलाई पनि सामाजिक कार्यमा अग्रसरता गराउनुपर्ने जिम्मेवारी हामी अभिभावकको हुने हुनाले आफ्नो दायित्व निर्वाह गर्न सिंहले आग्रह गरेका थिए ।
सो सम्मान कार्यक्रम नेवा: देय दबु पर्साका अध्यक्ष तारामान पतीको अध्यक्षता एवं मधेस विश्वबिधालयका उपकुलपति डा. दिपक शाक्य र नेवा: देय दबु केन्द्रीय राष्ट्रिय परिषद् सदस्य संजय जोशीको बिशिस्ट आतिथ्यमा एवं अतिथिहरु माइस्थान मन्दिर संचालक समितिका वरिष्ठ सदस्य श्याम प्रसाद श्रेष्ठ ,नेपाल सर्वे एसोसिएसन मधेस प्रदेशका इन्चार्ज इन्जिनियर सुनिल जोशी, सुनिल श्रेष्ठ ,रोशनी श्रेष्ठ ,राजेश श्रेष्ठ ,सन्दिप जोशी ,राजकुमार गुभाजु,सरोज गुभाजु ,सन्चारकर्मिहरु पंकज श्रेष्ठ ,लालबाबु सिंह ,जगत राई ,जाकिर हुसेन लगायत नेवार समुदायका अग्रज ,महिला,युवाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य ठाकुर राम क्याम्पसका पुर्व क्याम्पस प्रमुख हरि बैधले गर्नु भएको थियो भने सहजिकरण शिक्षक सौराज प्रधानले गरेका थिए ।