निसुल्क आखा शिबिरमा २२३ जनाको चेकजाच गर्दा ७० जनामा मोतियाबिन्द फेला

Date:

अजित कुमार भुजेल , बिरगंज । सखुवा प्रसौनी गाँउ पालिका र बीरगज आखाँ तथा दाँत अस्पताल प्रा.लि. को सहयोग तथा दि ग्रेट युवा क्लब सखुवा प्रसौनी ३ कौवाबन कटैयाको आयोजनामा निशुल्क आँखा चेक जाँच शिविर सम्पन्न भएको हो।

निःशुल्क आखाँ शिविर यस क्षेत्रका गरीब बिपन्नलाई लक्षित गरी राखेको क्लबका अध्यक्ष जवाहिर पटेलले बताए ।

शिविरमा महिला पुरुष गरी २२३ जनाको आखाँ परिक्षण भएको थियो । जसमा ७० जनामा मोतियाबिन्दु  भएको बीरगज आखाँ तथा दाँत अस्पतालका डाक्टर मनोरञ्जन यादवले जानकारी गराएका थिए ।

अत्यधिक गर्मीका कारण बिरामीले अस्पताल पुग्न असहज भएकोले हामी ठाउँ ठाउँमा शिविर गरी बिरामीलाई चेक जाँच गर्दै आईरहेका छौं।

यस शिविरमा परीक्षण गराएका मध्येका ७० जनाको आखाँको अप्रेसन निशुल्क हुन्छ कि सशुल्क हुन्छ भनि सोध्दा  शिविर चेक जाच मा मोतियाबिन्दु भएका बिरामीलाई अप्रेसनमा हुने खर्चमा ५०% छुटमा अप्रेसन हुन्छ ,अस्पतालका मेनेजर ईम्तियाज अलीले बताए।

शिविर सखुवा प्रसौनी ३,देउरवानामा भएको थियो। शिविरमा वडा नं ३ का वडा अध्यक्ष , वडावासी , क्लबका सदस्य तथा बिरगंज आखाँ तथा दाँत अस्पताल प्रा.लि.कर्मचारिहरुको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...