कुर्मी सशक्तीकरण मंच पर्साको आज बसेको बैठकले यहि भदौ २९ गते शनिबार एसईई उतिर्ण स्वजातिय विद्यार्थीहरुलाई सम्मान गर्ने निर्णय गर्यो

Date:

अजित कुमार भुजेल , बीरगंज। कुर्मी सशक्तीकरण मंच पर्साको आज बसेको बैठकले आउदो भदौ महिनाको २९ गते शनिवार एसईई पास गरेका सम्पूर्ण स्वजातीय विधार्थी भाई बहिनीहरूलाई प्रोत्साहन स्वरूप ससम्मान गर्ने निर्णय भएको मंचका प्रवक्ता अनिल पटेलले  जानकारी दिनुभयो ।

सो बैठकबाट बिगत चार वर्ष देखी बंद रहेको सम्मान कार्यक्रम यो वर्ष देखी पुन लागू गरीएको मंचका इंचार्ज धर्मेंद्र पटेलले बताए।

सो बैठकमा बोल्दै  मंचका अध्यक्ष दीपक पटेलले २०८० सालमा पर्सा जिल्लाबाट स्वजातीय छात्रा आंचल कुमारी पटेलले जिल्ला टाप गरी कुर्मी समुदायको गौरव बढ़ाएको हुदा बधाई तथा धन्यवाद दीदै एसईई पास भएका सम्पूर्ण स्वजातिय विधार्थीहरुलाई आ-आफ्नो सर्टिफिकेटको प्रतिलिपि भदौ २० गते सम्म मंचमा संपर्क गरी बुझाउनको लागी अनुरोध गरेका थिए।

सो बैठकबाट कार्यक्रमको प्रचार प्रसार लगायत कार्यकर्मलाई सहज र सफल बनाउनको लागी हरेक सदस्यलाई फरक फरक जिम्मा दिईएको मंचका कोषाध्यक्ष राजेश पटेलले बताए।

कुर्मी सशक्तीकरण मंच पर्साको अध्यक्ष  दीपक पटेलको अध्यक्षता तथा मंचका इंचार्ज धर्मेन्द्र पटेलको विशेष उपस्थितिमा बसेको बैठकमा मंचका पूर्व अध्यक्ष संजय पटेल,बिशेसवर पटेल,वरिष्ठ उपाध्यक्ष खेमराज कुर्मी,बिनोद पटेल, उपाध्यक्ष पन्नालाल प्रसाद कुर्मी,सचिव देवप्रकाश पटेल,कोषाध्यक्ष राजेश प्रसाद कुर्मी, सहकोषाध्यक्ष हरेन्द्र पटेल, प्रवक्ता अनिल पटेल,सदस्य नरेश पटेल,दिलीप पटेल,कन्हैया पटेल, रामप्रसाद कुर्मी,गोबिंद प्रसाद कुर्मी,राजेश पटेल,रंजित पटेल,संतोष पटेल लगायतको सहभागिता रहेको सचिव देव प्रकाश पटेलले जानकारी दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...