अजित कुमार भुजेल , बिरगंज । गहवामाई प्रति समर्पित गायक सन्जु अमात्यको भक्तिमय प्रस्तुति ” जय गहवामाई तिम्रै चरणमा आएका छौ , हामि भक्तहरु ” बोलको गित बिमोचन भएको छ ।
श्री गहवामाईको दोस्रो रथ यात्राको सुभ अवसरमा शनिबार श्री गहवामाई रथ यात्रा समिति बिरगंजको आयोजनामा मन्दिर अगाडि एक कार्यक्रम बीच सो गितको बिमोचन भएको थियो ।
बिरगंज गहवा मै जन्मेका राष्ट्रिय गायक सन्जु अमात्यले यसअघि बिरगंजलाई चिनाउने नेपाल भारत स्थित मुख्य गेट शन्करार्चाय , घन्टाघर , गहवामाई मन्दिर , घडिअर्वा पोखरी , बिन्दवासनि मन्दिर समेतलाई चिनाउने गिति एल्बम मेलामा घुमाउछु , आईसक्रिम खुवाउछु , बिरगंज घुमाउछु …, भ्याकेन्सि खालि छ …, मलाई उनि मन पर्यो…, आदिरातमा ब्युझाईदिने जस्ता चर्चित गितहरु बजारमा ल्याईसकेको छ ।
त्यसैगरि देश भक्ति गित एउटै सिन्को भएपनि यहि देशको निम्ति बाच्न पाउ र आमा मेरि आमा तिमि बिना यो सन्सार अधुरो जन्म दियौ , सन्सार देखायौ के यो नै कम छ जस्ता मर्म स्पर्शि गितहरु पनि स्रोतामाझ प्रस्तुत गरि सकेका छन ।
भोजपुरी गित संगीत र टेलिफिल्ममा समेत अभिनय गरिसकेका बिरगंजको छोरो , भाई , भतिजो सन्जु अमात्यले यसको अडियो रिलिज भएको छ भने भिडियो चाडै नै आउने बताए ।
वरिष्ठ संगीतकार गणेश परियारले सो जय गहवामाई भक्तिमय गितको बाईनर खोलेर उद्घाटन गर्नु भएको थियो ।
जय गहवामाई भक्तिगितको शब्द , संगीत र स्वर सन्जु अमात्यको रहेको र संगीत सन्योजक , मिक्सिङ्ग राजिब शाह र रेकर्डिङ प्रकाश मान श्रेष्ठले गरेका छन ।
सो बिमोचन कार्यक्रममा न्युज २४ का केन्द्रिय ब्युरो चिफ राज श्रेष्ठ , समाजसेबि एवं अधिवक्ता प्रकाश उपाध्याय , महाराज संतोषानन्द जि ले बिरगंज मै जन्मेको त्यो पनि गहवामाई आसपासमा र सानो देखि नै गित संगीत प्रति रुचि राख्ने अमात्य बिरगंजको हरेक सास्कृतिक कार्यक्रम होस वा धार्मिक कार्यक्रम होस , त्यहा बिना पारिश्रमिक आफ्नो बिरगंज प्रतिको माया गित मार्फत प्रस्तुत गर्ने र यस भक्तिभाव गित देश बिदेशमा पनि सबैले मनपराउने छ भन्दै सफलताको सुभ कामना समेत दिएका थिए ।