अजित कुमार भुजेल , बिरगंज । श्री ताराचन्द किशनलाल आधारभुत विधालयले छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेको छ।
बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया -२ स्थित श्री ताराचन्द किसनलाल आधारभुत बिधालयमा अध्ययनरत उत्कृष्ट बिद्यार्थीहरुलाई तथा चित्रकला प्रतियोगितामा प्रथम , द्वितिय हुने विद्यार्थीहरुलाई मेडल तथा छात्रवृत्ति वितरण गरेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले विद्यार्थीहरुलाई मेडल तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै आलमले आफु पनि यसै विधालयबाट शिक्षा हासिल गरेको हो र यस विधालयको विकासका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न तयार रहेको भन्दै साथै बालबालिकाहरुको उज्वल भविष्यको कामना समेत गर्नु भयो । बिधालयमा अध्यनरत सम्पुर्ण दलित छात्रछात्रा हरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको छ। त्यसै गरि बिधालयमा जनशक्तिको अभाव भयो भने थप शिक्षकहरुलाई दरबन्दीको व्यवस्था मिलाउने र आवस्यकता अनुसार बिधालयलाई समानहरु पुर्ति गर्ने बताए ।
बिद्यार्थीहरुलाई खेलकुदका सामाग्री देखि लिएर क्षमता बिकासका लागि चाहिने हरेक समान उपलब्ध गराउने समेत जानकारी दिनुभयो ।
सो कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया,वडा नं. २ का वडा सदस्य अब्दुल लतिफ अंसारी, बसिर मिया हजाम , प्याब्सन मधेस प्रदेशका अध्यक्ष श्याम केसि , बिधालयका प्र.अ., शिक्षक , शिक्षिका, स्थानीयबासी लगायतका सहभागिता रहेको थियो ।
कार्यक्रम सन्चालन स्कुलका शिक्षक राजन जोशीले गरेका थिए ।