राष्ट्रिय गायक सन्जु अमात्यको भक्तिमय प्रस्तुति ” जय गहवामाई ” गितको बिमोचन

Date:

अजित कुमार भुजेल , बिरगंज । गहवामाई प्रति समर्पित गायक सन्जु अमात्यको भक्तिमय प्रस्तुति ” जय गहवामाई तिम्रै चरणमा आएका छौ , हामि भक्तहरु ” बोलको गित बिमोचन  भएको छ ।

श्री गहवामाईको दोस्रो रथ यात्राको सुभ अवसरमा शनिबार श्री गहवामाई रथ यात्रा समिति बिरगंजको आयोजनामा  मन्दिर अगाडि एक कार्यक्रम बीच सो गितको बिमोचन भएको थियो ।

बिरगंज गहवा मै जन्मेका राष्ट्रिय गायक सन्जु अमात्यले यसअघि बिरगंजलाई  चिनाउने नेपाल भारत स्थित मुख्य गेट शन्करार्चाय ,  घन्टाघर , गहवामाई मन्दिर , घडिअर्वा पोखरी , बिन्दवासनि मन्दिर समेतलाई चिनाउने गिति एल्बम मेलामा घुमाउछु , आईसक्रिम खुवाउछु , बिरगंज घुमाउछु …, भ्याकेन्सि खालि छ …, मलाई उनि मन पर्यो…, आदिरातमा ब्युझाईदिने जस्ता चर्चित गितहरु  बजारमा ल्याईसकेको  छ ।

त्यसैगरि देश भक्ति गित एउटै सिन्को भएपनि यहि देशको निम्ति बाच्न पाउ र आमा मेरि आमा तिमि बिना यो सन्सार अधुरो जन्म दियौ , सन्सार देखायौ के यो नै कम छ जस्ता मर्म स्पर्शि गितहरु पनि स्रोतामाझ प्रस्तुत गरि सकेका छन ।

भोजपुरी गित संगीत र टेलिफिल्ममा समेत अभिनय गरिसकेका बिरगंजको छोरो , भाई , भतिजो सन्जु अमात्यले यसको अडियो रिलिज भएको छ भने  भिडियो चाडै नै आउने बताए ।

वरिष्ठ संगीतकार गणेश परियारले सो जय गहवामाई  भक्तिमय गितको बाईनर खोलेर उद्घाटन गर्नु भएको थियो ।

जय गहवामाई भक्तिगितको शब्द , संगीत र स्वर सन्जु अमात्यको रहेको र संगीत सन्योजक , मिक्सिङ्ग राजिब शाह र  रेकर्डिङ प्रकाश मान श्रेष्ठले गरेका छन ।

सो बिमोचन कार्यक्रममा न्युज २४ का केन्द्रिय ब्युरो चिफ राज श्रेष्ठ , समाजसेबि एवं अधिवक्ता प्रकाश उपाध्याय , महाराज संतोषानन्द जि ले बिरगंज मै जन्मेको त्यो पनि गहवामाई आसपासमा र सानो देखि नै गित संगीत प्रति रुचि राख्ने अमात्य बिरगंजको हरेक सास्कृतिक कार्यक्रम होस वा धार्मिक कार्यक्रम होस , त्यहा बिना पारिश्रमिक आफ्नो बिरगंज प्रतिको माया गित मार्फत प्रस्तुत गर्ने र यस भक्तिभाव गित देश बिदेशमा पनि सबैले मनपराउने छ भन्दै सफलताको सुभ कामना समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

ध्यान मानव आत्माको अमृत यात्रा हो: बिमल सरार्फ

पर्सा पोस्ट , असार ०६ गते , रक्सौल, पूर्वी...

नारायणी अस्पतालमा ३ बर्षदेखि निरन्तर नि:शुल्क भोजन सेवा : सत्य साई सेवा केन्द्रद्वारा खाद्यान्न सहयोग

पर्सा पोस्ट, असार ६ गते, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल...

श्री बिन्दवासिनि माई टि -२० क्रिक्रेट प्रतियोगिता भब्य रुपमा उद्घाटन

पर्सा पोस्ट , असार ०६ गते , वीरगञ्ज । वीरगञ्ज...