श्री गहवामाईको दोस्रो रथ यात्राको अवसरमा बिरगंजको ड्राईपोर्ट बाईपास सडकखण्डमा ९०० बिरुवा रोपियो

Date:

अजित कुमार भुजेल , बिरगंज । गहवामाई दोस्रो रथ यात्राको अवसरमा शनिबार बिरगंजमा ९०० बोटबिरुवा रोपिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं २५ ड्राईपोट चौक देखि परवानीपुर जाने बाटोसम्म गहवामाई दोस्रो रथ यात्राको सुभ अवसरमा बिरगंज महानगरपालिका बिरगंज पर्साको आयोजनामा र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, साहेब दरबार बिरगंज र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति भरतपुर चितवनको संयुक्त सहयोगमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह को प्रमुख आतिथ्यमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारीहरु, समाज सेवी, नागरिक समाज लगायत संचारकर्मीहरु लगायत नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी तथा बिधार्थीहरु गरि १०० जनाको उपस्थितीमा बिभिन्न जातजातिका ९०० नौ सय विरुवाहरु वृक्षारोपण गरीएको केन्द्र अध्यक्ष खेतानले बताए ।

सो कार्यक्रम स.प्र.ना.उ सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हेडक्वाटर बिरगंज पर्सा , भारतका महावाणिज्यदूत बिरगंज पर्साका डि. एस. मिना , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा , नेशनल मेडिकल कलेज बिरगंजका चाद अन्सारि , डा. ईजहरत जहान , वडा प्रहरी कार्यालय श्रीपुरका प्रबनानि गोर्खा शाही , बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई , बिरगंज महानगरका योजना प्रमुख प्रकाश अमात्य , सरसफाइ प्रमुख सरफुदिन मिया , उमेश लाल सहनी , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष सन्जय शर्मा , सचिब मुरलि जलान , सुशील कादमिया, मुकेश खेतान ,सन्चारकर्मी सन्तोषमान रन्जितकार , मन्सुर आलम , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका प्रबह विवेक राउत कुर्मी , प्रबह प्रेम राम, प्रज पुर्ण कुमारी श्रेष्ठ , प्रज अम्मर सिंह साउद लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...