भगवान गौतम बुद्धको २५६८औं जन्म जयन्तीको अवसरमा बिरगंजमा शान्ति रैलि

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा पनि भगवान गौतम बुद्धको जन्म जयन्ती धुमधामका साथ मनाएको छ ।

आज बिरगंजमा शान्तिका अग्रदूतका रुपमा परिचित भगवान गौतम बुद्धको २५६८ औं जन्म ज्यन्तीको अवसरमा  शान्ति रैलि निकालिएको थियो ।

भिस्वा बौद्ध समिति र टाँसी थर्वालिङ्ग गुम्बाको आयोजनामा बिरगंजको माईस्थान देखि वडा नम्बर १५ स्थित भिस्वा डाडासम्म रयाली निकालिएको थियो  ।

गौतम स्कुल , नवोदीप एकेडेमी, एञ्जल स्कुल लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा निकालिएको रयालीमा नेवार र तामाङ समुदायका भेषभूषा र झाँकी प्रदर्शन समेत गरिएको थियो ।

रयाली माईस्थान चौकमा जम्मा भैइ  घण्टाघर, लिंकरोड, बसपार्क परिक्रमा गर्दै भिस्वाडाडा पुगेको थियो । रयालीमा सहभागीहरु त्यहाँ पुगेर पूजापाठ समेत गरेका थिए ।

रयालीमा बौद्ध सेवा समितिका अध्यक्ष तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोध  धुङेल , भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शशी कुमार, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, संघसस्था , सन्चारकर्मि , सुरक्षाकर्मि , बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो ।

टाँसी थर्वालिङ्ग गुम्बामा भने लामाहरूद्वारा पूजापाठ गरिएको गुम्बाका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो ।

यसअघि भिस्वामा भगवान गौतम बुद्धको दुई मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा समेत  गरिएको बौद्ध सेवा समितिका अध्यक्ष प्रोफेसर डा. दिपक शाक्यले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...