अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.१५ स्थित भिस्वा डाडामा दुई वटा बुद्ध मुर्तिको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको थियो ।
बिरगंज बौद्ध समितिको बिशेष पहलमा भिश्वा बौद्ध बिहारलाई प्राप्त दुई वटा बुद्ध मुर्तिको बिहीबार एक बिशेष कार्यक्रमको आयोजना गरी प्राण प्रतिष्ठा भब्य रूपमा मनाईएको थियो ।
सो कार्यक्रमका प्रमुख अथिति अशोक भण्टेले पुजाआजा तथा मन्त्र पढेर बुद्ध मुर्तिको बिधिवत रुपमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको थियो ।
बिरगंज बौद्ध समितिका अध्यक्ष प्रोफेसर डा. दिपक शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री शैलेन्द्र बज्राचार्य , बिरगंज महानगर पालिकाका प्रमुख राजेश मान सिंह , भारतिय महावाणिज्य दुत डी एस मीना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल , सशस्त्र प्रहरी उपरीक्षक , बुद्ध मूर्ति दाताहरू, सन्चारकर्मिहरु र बौद्ध समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।