अनलाइन मार्फत ठगी गर्ने ३ चिनिया नागरिक बिरगंजबाट पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरिले अनलाइन चिठ्ठा ,अनलाइन सपिङ्ग मार्फत ठगी गर्ने तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ

गोप्य सुचनाको आधारमा शनिबार छापा मारी Online Lottery, Online Shopping मार्फत विभिन्न प्रकारको प्रलोभन देखाई सर्वसाधारण नेपाली तथा बिदेशी सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज पत्रकार सम्मेलन गरि Intelligence Team बाट यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा शनिबार दिनको ३ बजेको समयमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा न.१५ निवासी नन्दु पटेलको घरमा जिल्ला प्रहरी पर्साबाट खटिएको प्रहरी टोलीले कानूनि प्रक्रिया पूरा गरि खानतलासी गर्दा विभिन्न कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका विधुतिय उपकरणहरु ठूलो परिमाणमा बरामद गरेको बताए

सो कार्यमा संलग्न चिनिया नागरिकहरू वर्ष ३३ का  LIU GUI CAI,  २६ वर्षका WANG BOHAN, वर्ष ३६ का XIANG XIAO क्रमश बिरगंज महानगरको वडा न. १५ र वडा न. ६ बाट पक्राउ परेको जानकारी दिएका थिए ।

पक्राउ परेको सामानहरूमा कम्प्युटर डेक्सटप CPU- १२० थान, मनिटर-११८ थान, पासपोर्ट थान-३, मोबाईल-३५ थान, भारतीय Geo Sim card-१३ थान, ल्यापटप- ४ थान,प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान,Keyboard-२६ थान,Internet Switch-५ थान,WiFi Router-२ थान,Mini Inverter-२ थान,BR01CX 5792 नम्बरको 120 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत,बिभिन्न देशका मुद्राहरू मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– , कम्बोडियन -३५०० नगद समेत बरामद गरेको ढुङ्गेलले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...