अभिभावक संघ पर्साद्वारा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । अभिभावक संघ पर्साले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नुहुनेमा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बिवेक प्रसाद साह, सुशील कुमार साह , राहुल सर्राफ, आकाश कुमार साह , अरुण साह, बलिराम चौधरी , सन्दिप सर्राफ, अजित कुमार मन्डल , राजकुमार राय, राजिव ठाकुर , नरेन्द्र कुमार तिवारी, लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख साैरभराज पाण्डेले जानकारी गराउनु भयो।

“शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार हो ” भन्ने मुल नाराका साथ शनिबार बिरगंजको घन्टाघर चौकमा रगत अभाव भएसङै सबैले बाच्न पाउनु पर्ने अधिकार सबैको भएकोले रगतको अभावले कसैको ज्यान नजायोस भन्ने उदेश्यले आज रक्तदान कार्यक्रमको आयोजना गरेको अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहले जानकारी दिनुभयो।

संघका अध्यक्ष साहको अध्यक्षता तथा बिरगंज महानगर पालिकाका पूर्व मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,एमाले नेता शम्भु गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , उपाध्यक्ष युवराज खड्का ,  पर्सा  जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, बिरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाइ, बर्तमान अध्यक्ष सन्जिव थापा , जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, समाजसेवी ब्रिजेश्वर चौधरी, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,सचिब कन्हैया पटेल , व्यवस्थित बिरगंज अभियानका संयोजक युवा नेता दिलिप राज कार्की  लगायतको सहभागिता  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...