बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल मकवानपुरद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । आज विश्व उपभोक्ता अधिकार दिवस मार्च 15 को अवसरमा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरद्वारा आयोजित विशेष कार्यक्रममा आआफ्नो तर्फबाट संस्थाको गतिबिधिहरूलाई साथ र सहयोग गर्नुहुने कर्मचारि र पत्रकार हरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरियो।

पत्रकार तर्फ मणिराज गौतम, देवराज पन्त, एम पि शर्मा पौडेल, शिव कुमार काशि, गणेश दर्पण अधिकारी, सुजन पुडासैनि, शरला अधिकारी, गणेश दुलाल एवम कर्मचारि तर्फ सहायक प्रजिअ झरेन्द्र चापागाई, सहदेव आचार्य, टीका शर्मा, बिष्णु कुमारि लामिछाने र भैरव कुमाललाई सम्मान सहित मायाको चिनो प्रदान गरियो।

नगर प्रमुख मिना लामाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा १० नं वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामा, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रणकार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य कार्यालय मकवानपुरका प्रमुख, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख भिम तिमल्सिनाको उपस्थिति रहेको थियो। प्रमुख अतिथी मिना लामा तथा १० नं वडा अध्यक्ष फुर्वा दोर्जे लामालाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...