बिरगंज उद्योग वाणिज्य संघको ४८ औं बार्षिक साधारणसभा सम्पन्न , संघले विभिन्न व्यापारी प्रतिष्ठान, व्यक्ति र सन्चारकर्मीलाई सम्मान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज उद्योग वाणिज्य संघले आफ्नो  ४८ औं साधारणसभा सोमबार सम्पन्न गरेको छ ।

साधारणसभाको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै  अध्यक्ष ढकालले निजीक्षेत्रको सुझाव नमान्दा देशमा आर्थिक संकटको सृजना भएको बताउनुभयो । निजीक्षेत्रले दिएको सुझाव निजीक्षेत्रको लागि मात्रै हो भन्ने सरकारको बुझाई गलत रहेको र अहिले आएर सरकारले त्यसलाई महशुल गरेको बताउनुभयो ।

बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरि  वीरगञ्ज उद्योग वाणिज्य संघले ४८ औं साधारणसभामा विभिन्न व्यापारिक प्रतिष्ठान सहित व्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।

संघले चालू आर्थिक बर्षमा भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता डाबर नेपाल प्रालि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेडलाई सम्मान गरेको छ ।

त्यसैगरि तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रालि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई सम्मान गरेको छ ।

सञ्चारक्षेत्र तर्फ नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का र सगरमाथा टेलिभिजनका प्रणय कुमार साह ,  मिराकल स्कुलकी अमृता साह, क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख, संघका कर्मचारी विजय चौरसिया लगायतलाई सम्मान गरेको छ ।

कार्यक्रमको सञ्चाल संघका महासचिव आशिष लाठले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...