पर्सा प्रहरीद्वारा ७ लाख मुल्य बराबरको जुत्ता बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । भन्सार छली चोरी पैठारी गरी ल्याएको जुत्ताहरू पर्सा प्रहरीले बरामद गरेको छ ।

पर्सा प्रहरीले गोप्य सूचनाको आधारमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा  घरकोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेको जुत्ताका गोदाममा कानूनी रीतपुर्‍याई खानतलासी गरी स्थानीय जनप्रतिनिधीहरूको रोहब्बरमा वेवारिसे अवस्थामा फेला परेको जुत्ताहरू बरामद गरेको थियो  ।

६९५ जोर जुत्ता , सुपर क्लिक क्रिम ३७ पिस , २६ पिस प्लास्टिकको लेडिज चप्पल गरि अ. मु. ७,०५,०००/-  बराबरको सामान बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज बिरगंज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...