अजित कुमार भुजेल , बिरगंज । ब्राह्मकुमारी राजयोग सेवा केन्द्र बीरगंजले शुक्रबार महाशिवरात्रीको पावन अवसरमा ८८ औं त्रिमुर्ति शिवजयन्ती महोत्सव अन्तर्गत आयोजना हुने “महाशिव रात्रि : नवयुग आगमनको महापर्व ” प्रवचन एवं सास्कृतिक समारोह कार्यक्रम सम्पन्न भएको छ ।
ब्राह्मकुमारी राजयोग सेवा केन्द्र छपकैयाका क्षेत्रीय संचालिका रबिना दिदीको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय श्याम पटेलको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि संविधान सभा सदस्य जयप्रकाश थारु , बिरगंज महानगर पालिकाका पुर्व मेयर बिजय सरावगी , डा. उदय नारायण सिंह , अन्नपूर्ण मानन्धर , समाजसेबि उषा शाह , डा. हेमा थापा , समाजसेबि प्रकाश थारु , सन्चारकर्मी अजित भुजेलको समेत सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरि ससाना बहिनीहरुले शिवभक्ती गितमा शिव तान्डव नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई मग्नमोहमा पारेका थिए ।
त्यसै गरि ब्राह्मकुमारी राजयोग सेवा केन्द्रले बुधबार रक्तदान कार्यक्रमको आयोजना र बिहीबार बिश्व शान्ती एवं राष्ट्रिय सदभाव पदयात्रा एवं निसुल्क आँखा तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरि मनाएका थिए ।